गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
रसुवामा आएको बाढी तथा त्यसपछि उत्पन्न प्रतिकूल अवस्थाका कारण गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका आठ जना शिक्षक बुधबारदेखि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा धादिङका तीन जना कार्यरत शिक्षक र पाँच जना पूर्वशिक्षक रहेका छन्। धादिङको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार उनीहरू गोसाइँकुण्ड यात्राका क्रममा रसुवा क्षेत्रमा पुगेपछि परिवार तथा सम्बन्धित व्यक्तिको सम्पर्कमा आउन सकेका छैनन्।
सम्पर्कविहीन हुने कार्यरत शिक्षकमा निलकण्ठ नगरपालिका–स्थित पशुपति माध्यमिक विद्यालयका ठाकुरप्रसाद लम्साल, देउराली माध्यमिक विद्यालयकी जानुका खनाल र पाल्पासामारी भञ्ज्याङ माध्यमिक विद्यालयका शिवहरी लम्साल रहेका छन्।
त्यस्तै, गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका पाँच जना पूर्वशिक्षकसमेत सम्पर्कविहीन भएका छन्। उनीहरूमा निलकण्ठ नगरपालिकाका तुलसी तिमिल्सेना र इश्वरी तिमिल्सेना, ज्वालामुखी गाउँपालिकाका नारायणप्रसाद लम्साल तथा सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट रहेका छन्।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सडक तथा यातायात सम्पर्क प्रभावित हुनुका साथै सञ्चार सम्पर्कमा समेत समस्या देखिएको छ। यही कारण गोसाइँकुण्डतर्फ गएका यात्रुहरूसँग तत्काल सम्पर्क स्थापित गर्न कठिनाइ भएको जनाइएको छ।
यसैबीच, धादिङमा बाढी तथा प्राकृतिक विपद्बाट केही विद्यालयसमेत प्रभावित भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ धादिङका अनुसार बागेश्वरी माध्यमिक विद्यालय, अमलेश्वर गुरुकुल विद्यालय, सक्सेस एकेडेमी र जलेश्वरी माध्यमिक विद्यालय प्रभावित भएका छन्। ती विद्यालयमा भएको क्षतिको विस्तृत विवरण भने अझै यकिन हुन बाँकी रहेको एकाइले जनाएको छ।
सम्पर्कविहीन शिक्षकहरूको अवस्थाबारे परिवार तथा सम्बन्धित निकायले चासो व्यक्त गरेका छन्। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन स्थानीय तह, विद्यालय र सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया