१९ विद्यालयका प्रअले किन दिए सामूहिक राजीनामा, के भन्छ गाउँपालिका ?

काठमाडाैं । केही दिन अघि मकवानपुरको मनहरी गाउपालिका भित्रका १९ जना प्रधानाध्यापकले राजीनामा दिए । गाउँपालिका भित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक राजीनामा दिएका हुन् ।
सहमति विपरितको सरुवा गरेको भन्दै असन्तुष्ट बनेका प्रधानाध्यापकहरुले राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भनिएको छ, ‘सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ ।’
विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले बिना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको प्रधानाध्यापकहरुको गुनासो छ ।
राजीनामा दिएपनि पढाउन भने नछोडेको एक प्रधानाध्यापकले जानकारी दिए । यता गाउँपालिका प्रमुख रञ्जन कालाखेती भने सबै प्रअहरुसँग सहमति भइसकेको बताउँछन् । ‘अधिकांश प्रअहरु सहमत भइसक्नुभयो,’ उनले भने,‘अब भदौ १ गतेबाट उहाँहरु सरुवा भएर अन्यत्र विद्यालयमा जानुहुन्छ ।’
गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा एउटै व्यक्ति लामो समयदेखि प्रअ भएर बस्दा त्यसले शैक्षिक गुणस्तर सुधारमा खासै उपलब्धि नहुनेभएपछि प्रअहरुको सरुवा गर्न लागिएको उनले बताए । ‘एउटै व्यक्ति प्रअ हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खासै राम्रो भएन,’ उनले भने,‘त्यसैलाई सुधार गर्न हामीले प्रअहरुको सरुवा गर्न लागेका थियौँ त्यसमा उहाँहरु सहमत भइसक्नुभयो ।’
गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार्न लागि परेको बताउँदै कालाखेती भन्छन्, ‘हामीले शिक्षकहरुकै मनोबल उकास्नका लागि गाउँपालिकाका आन्तरिक स्रोतबाट मासिक तलब भत्ता दिने गरेका छौँ,’ उनले भने, ‘यसैगरी प्रअहरुको ५ सय रुपैयाँ भत्ता बढाएर २ हजार रुपैयाँ पुर्याएका छौँ ।’
ताजा अपडेट
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया