समाचार
शिक्षा मन्त्री राईले गरे डा. देवकोटा, डा. कोइराला, डा. रुइत र महावीर पुनको प्रशंसा

काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्व. डा. उपेन्द्र देवकोटा, डा. भगवान कोइराला, डा. सन्दुक रुइत र महावीर पुनको खुलेर प्रशंसा गरेका छन् । बुधबार संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले उनीहरुले विदेशमा प्राप्त ज्ञान र आनन्दको जीवन छोडेर नेपालको माटोका लागि योगदान गरेको भन्दै खुलेर प्रशंसा गरे ।
‘उहाँहरुले विदेशमा विदेशमा राम्रो हैसियत बनाउन सक्ने हुँदा पनि देशको माग सिगार्न बस्नु भएको छ । तर, हामीले हाम्रो भाइ बहिनीहरु छोराछोरीहरुमा यो भावना जगाउन सकेनौं,’ उनले भने, ‘मलाई लाग्छ शिक्षा मन्त्रालयमा काम गर्ने हामीहरुले चिन्ता गर्नु पर्ने चिन्तन गर्नुपर्ने गम्भीर पक्ष यो हो । ’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वर्तमान अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा आयोजित छलफलमा उनले समस्या पैसा, जनशक्ति र भौतिक संरचनाको अभावबाट मात्रै नभएको भन्दै उनले सोचमै समस्या भएको बताए ।
‘समस्या हाम्रो सोचमा छ । हामीले ती सोचलाई व्यारिएरलाई किन तोड्न सकिराखेका छैनौं भन्ने मलाई अनुभव भइरहेको छ,’ उनले भने, ‘अब ऐन कानुनहरु निर्माणाधीन छन्, प्रक्रियामा छन् । ’
उनले ऐन नियम निर्माणलगायतका आवश्यक काम भइरहेको बताएका उनले आफूले जीवनको उत्तराद्र्धमा सकेसम्म देशको लागि केही गरौं भन्ने लक्ष्यका साथ काम गरिएको जिकिर गरे ।
छलफलमा सहभागी सासंदहरुले सरकारले योजनावद्ध काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
सांसद सुमना श्रेष्ठले विद्यार्थीहरु पास मात्रै भएका छन् कि आवश्यक ज्ञान पनि सिकेका छन् भन्ने कुराको अनुगमन नै नभएको तर्क गरिन् । परिणाममै शिक्षाको गुणस्तरण मापन हुनुपर्ने उनको माग छ ।
सांसद तोसिमा कार्कीले बजेट उपयोगमा शिक्षा क्षेत्र चुकेको आरोप लगाइन् । शिक्षा क्षेत्रको सुधारका लागि बजेट नै नलाग्ने संघीय शिक्षा ऐन र विश्व विद्यालय छाता ऐन टेवल हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
४३ प्रतिशत नर्स विदेशिएको भन्दै उनले विद्यालयमा नर्स व्यवस्था गर्ने व्यवस्था कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइन् ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया