Techie IT
  • शुक्रबार, साउन ३, २०८२ / Saturday, July 19, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारसांसद तामाङले गरिदिए आर्थिक रुपमा विपन्न दुलालको उच्च शिक्षा तय

सांसद तामाङले गरिदिए आर्थिक रुपमा विपन्न दुलालको उच्च शिक्षा तय


काठमाडौं । बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले आर्थिक रुपमा विपन्न सुजता दुलालको उच्च शिक्षा तय गरिदिएका छन् । बिग्रँदो आर्थिक अवस्थाका कारण आत्महत्या गरेका मेलम्ची ११ का स्वर्गीय गुरु प्रसाद दुलालकी छोरी सुजतालाई सांसद तामाङले काठमाडौंको हाँडीगाउँस्थित सान इन्टरनेशनल कलेजमा कक्षा ११ मा भर्ना गरिदिएका हुन् ।

बाबु गुरुप्रसादले आत्महत्या गरेसँगै अभिभावक विहिन बनेकी सुजताको उच्च शिक्षाका लागि आफूले सहयोग गर्ने सांसद तामाङले बचन दिएका थिए । सोही अनुसार आज (मंगलबार) सान कलेजमा सुजताको भर्ना गरिएको हो ।

साथै, सुजताको कक्षा ११ र १२ अध्ययनका लागि लाग्ने स्टेशनरी, ड्रेस लगायत लाग्ने सम्पूर्ण खर्च सांसद तामाङले कलेज प्रशासनलाई बुझाएका छन् ।
उक्त कलेजमा सुजतालाई भर्ना गराउनका लागि नेपाली कांग्रेसका नेता मधुसुदन सिग्देलले समन्वय गरेका थिए ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको