Techie IT
  • शनिबार, साउन १२, २०८१ / Saturday, July 27, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारमहिला लघु उद्यमीहरू लक्ष्यित डिजिटल प्रविधी प्रयोगबारे भएका अनुसन्धानमाथि छलफल

महिला लघु उद्यमीहरू लक्ष्यित डिजिटल प्रविधी प्रयोगबारे भएका अनुसन्धानमाथि छलफल


काठमाडौं—महिला लघु उद्यमीहरूलाई सशक्तिकरण गर्ने रणनीतिको रुपमा डिजिटल प्रविधीको प्रयोगबारे अनुसन्धान गरिएका विभिन्न कार्यपत्रहरूमाथि छलफल गरिएको छ। अनुसन्धानको नतिजा प्रस्तुतीकरण गर्ने लक्ष्यले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट,हेफर इन्टरनेशनल र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको एकदिने राष्ट्रिय कार्यशालामा प्रस्तुत गरिएका अनुसन्धानात्मक कार्यपत्रहरूमाथि विज्ञहरूले आ—आफ्नो धारणा ब्यक्त गरेका छन्।

प्रमुख अनुसन्धानकर्ता डा स्मृती कला पन्त, सह—अनुसन्धानकर्ता प्रा.डा. विनोद कृष्ण श्रेष्ठ, ताराप्रसाद पन्थीलगायतका कार्यपत्र प्रस्तोताले चितवन तथा बर्दियामा स्थलगत अनुसन्धान गर्दा डिजिटल प्रविधी प्रयोगका क्रममा सिमान्तकृत महिला लघु उद्यमी भोग्नुपरेका समस्याहरू पहिचान गरिएको कुरामा जोड दिएका छन्।

कार्यक्रममा लिटिल एन्जल्स कलेज अफ हाइयर स्टप्रेजका एशोसिएट्स निर्देशक डा स्मृतिकला पन्तले महिला लघु उद्यमीहरूले बजारीकरण र उपयुक्त मूल्य पाउन चुनौती भएको बताउँदै सिमान्तकृत समुदाय र लघुवित्त महिलाका लागि डिजिटल प्रविधिको चुनौतीबारे अन्य स्थानहरूमा अध्ययन जरुरी भएको बताइन् ।

प्रमुख अनुसन्धानकर्ता डा पन्तले ७९ प्रतिशतले प्रविधिबाट नयाँ कुरा सिक्न पाएको, ७६ प्रतिशतलाई व्यवसायिक निर्णय लिन सहज भएको, ७२ प्रतिशतलाई आयाअर्जनलाई सहज भएको र ७२ प्रतिशतले अरुलाई सहयोग गरेको तथ्य प्रस्तुत गरिन्।

हेफर इन्टरनेशनलका राष्ट्रिय अध्यक्ष डा. तिर्थराज रेग्मीले सामाजिक आर्थिक रुपान्तरण गर्न महिलालाई कृषि उद्यमी बनाउन हेफर इन्टरनेशनलले सहयोग गर्दै आएको बताए। डिजिटल प्रविधिको प्रयोगले महिलाहरूले भोग्नुपरेको समस्या औंल्याउँदै सही प्रयोग भएमा ७० प्रतिशत उत्पादन बढाउन सकिने कुरामा जोड दिए। ूजिओ कृषि मोबाइल एफू प्रयोगमा ८० हजार महिलालाई जोडिएको उल्लेख गर्दै डा। रेग्मीले भविष्यमा विकाश गरिने डिजिटल प्रविधिलाई यस अध्ययनले सहयोग गर्ने बताए।

युएसएड नेपालकी सल्लाहकार मन्जु थापा तुलाधरले अनुसन्धानमा प्रत्यक्ष्य भाग लिएका संस्थाहरूको मिहिनेतबाट प्राप्त नतिजाले लघु उद्यमी महिला र डिजिटल प्रविधि प्रयोग सम्बन्धी अरु अनुसन्धानलाई महत्व दिने बताइन्।

लिटिल एन्जेल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलले ‘कलेज टु कम्युनिटी’ अभियान सुरु गरेको, सिकाइलाई कक्षा कोठाभित्र मात्र सिमित गर्ने समयको अन्त्य भएको र उद्यमशीलतालाई विशेष महत्व दिन ‘एलएसीएम बिजनेश क्लिनिक’को स्थापना भएको बताए। उनले नेपाली ब्यबसायाबारे केश स्टडी लेखिएको र कलेजले नियमित हाटबजारू सुरु गरेको सुरु गरेको जानकारी गराउँदै विद्यार्थी समुदाय भित्रैबाट उद्यमशील नव प्रतिभाको खोजी गर्ने गरिएको बताए। समुदाय विकास साझेदार विश्वविद्यालय र कलेजको समन्वयबाट मात्र शिक्षण सिकाइ, विकास र उद्यमशीलता प्रभावकारी हुने कुरा डा. पौडेलले बताए।

चितवन बर्दियालगायत देशका धेरै सतहमा हेफरले आफ्ना कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि समुदायको उत्थान र रुपान्तरणमा स्थानीय सरकारसंगको सहकार्यमा हेफरले अनुसन्धानमा थप सक्रिय हुने कुरा हेफर इन्टरनेशनल नेपालका ूइनोभेशन तथा न्यु इनोभेटिभू प्रमुख तारा पन्थीले बताए।

राष्ट्रिय योजना आयोगकी सदस्य डा. अनिता शाह ढुंगानाको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका रजिष्टार प्रा.डा. अच्युत वाग्ले, प्राद्यापक तथा अनुसन्धानकर्ता डा. विनोदकृष्ण श्रेष्ठ,हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष निना जोशीलगायतले महिला उद्यमशीलता ,प्रविधि प्रयोग तथा रणनीति निर्माणमा वस्तुपरक भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।



तपाईको प्रतिक्रिया

ताजा अपडेट