सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक विदाको दिन पठनपाठन गर्ने विद्यालयहरुलाई कारवाही गर्ने भएको छ । महानगरले आज (भदौ १५) गते सापारु र रोपाईं जात्राको अवसरमा महानगरभित्र सार्वजनिक विदा दिएको थियो । महानगरले जारी गरेको विदाको सूचना उल्लंघन गर्दै पठनपाठन गर्ने विद्यालयलहरुलाई महानगरले कारवाही गर्ने जनाएको हो ।
महानगरका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले एक सूचना जारी गर्दै बिदाको दिन पनि पठनपाठन गरेको भन्ने उजुरी प्राप्त भएकाले त्यस्ता विद्यालयलाई कारवाही गर्ने बताएका छन् ।
‘महानगरको बिदाको सूचनाको उल्लंघन गर्दै केही विद्यालयमा पठनपाठन गरेको भन्ने गुनासो प्राप्त भएको र उक्त विषयप्रति यस महानगरपालिकाको गम्भीर ध्यानकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरित गरेमा प्रचलित कानुनबमोजिम कारवाही गर्ने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया