Techie IT
  • बुधबार, कात्तिक ६, २०८२ / Wednesday, October 22, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त


काठमाडौ—सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. झालाई उपाध्यक्षमा नियुक्त गरेको सूचना, संचार तथा प्रविधीमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको कार्यकाल सकिएपछि सरकारले आयोगको कार्यकारी उपाध्यक्षमा डा. झालाई नियुक्त गरेको हो । यसअघि गत साउनमा सरकारले लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिले आवेदन परेका ९ जनामध्ये डा. झा, डा. गिरी र पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको नाम उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिसमध्येबाट सरकारले डा. झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको