Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Saturday, July 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारत्रिवि सेवा आयोगको मापदण्ड विपरितका शिक्षकले बीएस्सी सीएसआईटी अध्यापन गराउन नपाउने

त्रिवि सेवा आयोगको मापदण्ड विपरितका शिक्षकले बीएस्सी सीएसआईटी अध्यापन गराउन नपाउने


काठमाडौं—त्रिभुवन विश्वविद्यालयले त्रिवि सेवा आयोगले तोकेको मापदण्ड पूरा नगरेका शिक्षकले बीएस्सी सीएसआईटी अध्यापन नगराउन निर्देशन दिएको छ । त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यलयले सबै क्याम्पस प्रमुखहरुलाई सर्कुलर गर्दै उक्त निर्देशन दिएको हो ।

संस्थानका डिन प्रा.डा. विपिन अर्यालले गरेको परिपत्रमा भनिएको छ, ‘सबै क्याम्पसले त्रिवि सेवा आयोगले तोकेको मापदण्ड पूरा गरेका शिक्षकलाई मात्र नियुक्त गरी अध्यापन गराई सो अनुसारको व्यवहोरा यस डिन कार्यलयमा पठाउनु हुन अनुरोध छ ।’

योग्यता नपुगेका शिक्षकहरुले अध्यापन गराएको पाइएमा त्रिवि नियमानुसार कारवाही गरिने पनि पत्रमा उल्लेख छ । पछिल्लो समय त्रिविको बीएस्सी सीएसआईटीमा विभिन्न कलेजहरुले मापदण्ड नपुगेको शिक्षकहरुबाट अध्यापन गराइरहेको जनगुनासो छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको