समाचार
चिकित्सा शिक्षाका १५ कार्यक्रमका ७६०६ सिट बाँडफाँड, कुन कलेजलाई केमा कति सिट ?

काठमाडौं—चिकित्सा शिक्षा आयोगले स्वास्थ्यका १५ वटा कार्यक्रमका लागि सिट बाँडफाँड गरेको छ । मंगलबार आयोगले एमबीबीएस, बिडिएस, बिएएमएस, बीएस्सी नर्सिङ, बीएनएसलगायतका १५ स्वास्थ्यका कार्यक्रमका लागि ७६०६ सिट बाँडफाँड गरेको हो ।
आयोगले एमबीबीएसमा १९२५ सिट विभिन्न २१ मेडिकल कलेजलाई बाँडफाँड गरेको छ । बिडिएसतर्फ ५४५ सिट १४ वटा मेडिकल कलेजलाई बाँडिएको छ । यसैगरी, बीएएमएसमा ३ कलेजलाई १०० सिट बाँडफाँड गरिएको छ
आयोगले बिएस्सी नर्सिङतर्फ ५६ कलेजलाई १७२० सिट बाँडेको छ । यसैगरी, बिएनएसमा ३८ कलेजलाई ११३० सिट बाँडफाँड गरिएको छ । बीएस्सी मिडवाइफ्री र बिएएसएलपीमामा महाराजगन्ज क्याम्पसले मात्रै क्रमसः २० र ६ सिट पाएको छ । बीर्फटेकमा महाराजगंज मेडिकल क्याम्पसले ३ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २ सिट पाएका छन् ।
बीएमएसमा ७ वटा कलेजलाई १ सय ३० सिट बाँडफाँड गरिएको छ भने २७ वटा कलेजलाई बीएस्सी एमएलटीमा ३३५ सिट बाँडिएको छ ।
१० कलेजलाई बीएस्सी एमआईटीमा ८० सिट, ६ कलेजलाई विपीटीमा १२५ सिट, २६ कलेजलाई बीफर्मामा ७०५ सिट, ४ वटा कलेजलाई बी अप्टोमा ८० सिट, ३३ कलेजलाई बिपीएचमा ६० सिट बाँडफाँड गरिएको छ ।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया