समाचार
चिकित्सा शिक्षाका १५ कार्यक्रमका ७६०६ सिट बाँडफाँड, कुन कलेजलाई केमा कति सिट ?
काठमाडौं—चिकित्सा शिक्षा आयोगले स्वास्थ्यका १५ वटा कार्यक्रमका लागि सिट बाँडफाँड गरेको छ । मंगलबार आयोगले एमबीबीएस, बिडिएस, बिएएमएस, बीएस्सी नर्सिङ, बीएनएसलगायतका १५ स्वास्थ्यका कार्यक्रमका लागि ७६०६ सिट बाँडफाँड गरेको हो ।
आयोगले एमबीबीएसमा १९२५ सिट विभिन्न २१ मेडिकल कलेजलाई बाँडफाँड गरेको छ । बिडिएसतर्फ ५४५ सिट १४ वटा मेडिकल कलेजलाई बाँडिएको छ । यसैगरी, बीएएमएसमा ३ कलेजलाई १०० सिट बाँडफाँड गरिएको छ
आयोगले बिएस्सी नर्सिङतर्फ ५६ कलेजलाई १७२० सिट बाँडेको छ । यसैगरी, बिएनएसमा ३८ कलेजलाई ११३० सिट बाँडफाँड गरिएको छ । बीएस्सी मिडवाइफ्री र बिएएसएलपीमामा महाराजगन्ज क्याम्पसले मात्रै क्रमसः २० र ६ सिट पाएको छ । बीर्फटेकमा महाराजगंज मेडिकल क्याम्पसले ३ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २ सिट पाएका छन् ।
बीएमएसमा ७ वटा कलेजलाई १ सय ३० सिट बाँडफाँड गरिएको छ भने २७ वटा कलेजलाई बीएस्सी एमएलटीमा ३३५ सिट बाँडिएको छ ।
१० कलेजलाई बीएस्सी एमआईटीमा ८० सिट, ६ कलेजलाई विपीटीमा १२५ सिट, २६ कलेजलाई बीफर्मामा ७०५ सिट, ४ वटा कलेजलाई बी अप्टोमा ८० सिट, ३३ कलेजलाई बिपीएचमा ६० सिट बाँडफाँड गरिएको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया