सबैको सहमतिमा शिक्षा विधेयकलाई फिर्ता लिऔँ–लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा आइपुगवेको विद्यालय शिक्षा विधेयकलाई सबैको सहमतिमा फिर्ता लिन आग्रह गरेका छन् । विद्यालय शिक्षा सम्बन्धि विधेयकलाई एकीकृत गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले विधेयकलाई फिर्ता लिनुपर्ने बताएका हुन् ।
छलफलमा बोल्ने क्रममा लिङ्देनले शिक्षकहरुलाई निजामती सरह सेवा सुविधा दिनुपर्ने बताए । ‘शिक्षकहरुले अब कहिल्यैपनि आफ्नो भविष्यलाई लिएर आन्दोलन गर्न नपरोस्,’ उनले भने, ‘त्यसैले यसलाई अहिले फिर्ता लिएर पुनर्लेखन गरौँ ।’
त्यस्तै, लिङ्देनले शिक्षकहरुलाई भेदभावपूर्ण व्यवहार नगर्नसमेत उनले आग्रह गरेका छन् । ‘शिक्षकलाई राहत, करार, बाल शिक्षकका रुपमा राखेर भेदभाव गरिएको छ,’ उनले भने, ‘शिक्षकलाई यसरी भेदभाव गर्नु राम्रो होइन ।’
ताजा अपडेट
- नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया