समाचार
भारतीय सुटर प्रयोग गरेर एकता बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्या

वीरगन्ज—गोली लागेर मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा भारतीय भाडाका सुटर प्रयोग भएको खुलेको छ । सोमबार दिउँसो बारा कलैया—६ मा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनलाई गोली हानेर फरार भएका थिए ।
घाँटी र छातीमा चार राउण्ड गोली लागेका उनलाई उनलाई लगतै कलैया अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । उनको काठमाडौं ल्याउने तयारी गर्दागर्दै उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरी स्वर्णकारमाथि गोली चलाउने योजनामा संलग्न रहेको आरोपमा कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ पर्नेमा तीन जना भारतीय छन्। हत्यामा भारतीय सुटरको प्रयोग गरिएको देखिएको छ।
पक्राउ परेकी महिलाकै योजनामा भारतबाट सुटर मगाएर गोली हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । एकजना महिलासँग उनको प्रेम सम्बन्ध रहेको थियो । ती महिलाको अर्कै पुरुषसँग पनि प्रेम सम्बन्ध रहेको र त्यही कारण उनको सुटर प्रयोग गरेर हत्या गरिएको प्रहरी अनुमान छ ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया