आज त्रिविको दीक्षान्त समारोह हुँदै, विश्व रेकर्ड बन्न सक्ने !
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आज (सोमबार) हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरिएको दीक्षान्त समारोहबाट हजारौं विद्यार्थी दीक्षित हुँदै छन् ।
त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीका अनुसार ७३ हजार सात सय ४९ विद्यार्थीमध्ये जम्मा १२ हजार चार सय १५ जनाले फारम भरेका छन् ।
समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ। त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन्।
यसैबीच दीक्षान्त समारोहमा सहभागी हुने सभासद्, प्राध्यापक÷कर्मचारी, अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ।
पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारीसाधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ। त्रिपुरेश्वर कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ।
पुल्चोकबाट आउने सवारीसाधनहरूलाई वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा पार्किङको व्यवस्था मिलाइएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको बन्दोवस्त गरिएको छ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया