Techie IT
  • बुधबार, साउन १५, २०८२ / Wednesday, July 30, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारसिटीईभीटीका तीन जना उच्च अधिकारी चढेको गाडी सुनकोशीमा खस्यो

समाचार

सिटीईभीटीका तीन जना उच्च अधिकारी चढेको गाडी सुनकोशीमा खस्यो


काठमाडौं—प्राविधिक शिक्षा र व्यवसायिक तालिम परिषद (सिटीईभिटी)का तीन जना उच्च अधिकारीहरु चढेको गाडी सिन्धुलीमा सुनकोशी नदीमा जिप खसेको छ । शुक्रबार काठमाडौंबाट खोटाङ जाँदैं गरेको सिटीईभिटीको बा १ झ ७४६७ स्कार्पियो जीप सिन्धुलीको लौकुनमा सुनकोशी नदीमा खसेको हो ।

सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालकाअनुसार स्कार्पियो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा सुनकोशी नदीमा खसेको हो ।

उनकाअनुसार जीपमा चालकसहित सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी, यामप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका थिए । जसमध्ये केसी, भुर्तेल र पौडेल बेपत्ता भएका छन् ।

स्कार्पियोका चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरूको खोजी जारी रहेको एसपी सिलवालले बताए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको