Techie IT
  • शनिबार, कात्तिक ८, २०८३ / Saturday, October 24, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ ओपनियन ∕ डा. प्रियंका आनन्दको कविता– ‘जीवन’

डा. प्रियंका आनन्दको कविता– ‘जीवन’


भन्छन् जीवन काँडा कि फूल
जीवन के होला ठम्याउन नसकी गरेछु भूल ।

मलाई किन जीवन काँडा झै लागेको ?
के मैले हासेर खुशी बस्न नै नजानेको ?

जानी नजानी पाइला अगाडी सारी बढ्दैछु
किन आफैले दुःख तर्फ पाइला सार्दैछु ?

हरेस खाएको छैन मैले
दुःख देखे सुख निम्त्याउन बाटो खोज्दैछु मैले !

सुख र दु:ख हुन सिक्का का दुई पाटा!
अब सुखको पाटा देला दैबले भन्ने छ आशा!

पक्कै सुख पाउन नै दुःख गर्नुपर्छ
हो खुसी भई अगाडी बढे मेरो जीवन सफल हुन्छ ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको