महानगरकोे छात्रवृत्तिका लागि कति विद्यार्थीले दिए आवेदन ? कसलाई कति कोटा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमका लागि १२ हजार ९ सय ७९ जना विद्यार्थीले आवेदन दिएका छन् । गत असार २८ गतेदेखि १५ साउनसम्म आवेदन खुला गरिएकोमा १२ हजार ९ सय ७९ विद्यार्थीले आवेदन दिएको महानगरको शिक्षा विभागले जनाएको छ ।
विभागका प्रमुख सिताराम कोइरालाका अनुसार अन्तिम दिनसम्ममा ६ हजार ९ सय ७२ जनाले अनलाइन र ६ हजार ७ जनाले लिखित फाराम बुझाएका हुन् ।
अब यिनै विद्यार्थीहरुबाट छनोट गरी महानगरले सीमित विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्ययनका लागि सम्बन्धित विद्यालयलाई सिफारिस गर्नेछ ।
फाराम भरेकामध्येबाट अधिकांश विद्यार्थीले विज्ञान विषय छनोट गरेको कोइरालाले जानकारी दिए । ‘अब यी विद्यार्थीलाई साउन २२ गतेसम्म छनोट गरी सम्बन्धित विद्यालयलाई सिफारिस गर्नेछौँ,’ उनले भने ।
आवेदन दिएका विद्यार्थीहरुको साउन २० गते परीक्षा हुनेछ । महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटामा प्राविधिक धारसहितका सबै संकाय समेटिनेछ । सहभागीले सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । फाराम भरेकामध्ये करिब पाँच हजार विद्यार्थीले मात्रै छात्रवृत्तिमा पढ्न पाउनेछन् । यसमध्ये १ प्रतिशत (करिब ५० जना) ल्यान्डफिल्ड साइट सिसडोल र बन्चरेडाँडाका सामुदायिक विद्यालयका लागि उपलब्ध गराइनेछ ।
सरकारले ०६७ देखि नै निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने घोषणा गरेको थियो । तर, उनीहरूले आफूखुसी छात्रवृत्ति कार्यक्रम चलाइरहेका थिए । छात्रवृत्ति कार्यक्रम प्रभावकारी नभएको भन्दै महानगरले यसपटक सबै निजी स्कुललाई कक्षा ११ को १० प्रतिशत कोटा खाली राखेर विद्यार्थी भर्ना गर्न निर्देशन दिएको हो ।
कसलाई कति कोटा ?
महानगरले छात्रवृत्ति कार्यक्रमका लागि कोटा निर्धारण गरेको छ । जसमध्ये खुला ४० प्रतिशत, आरक्षण कोटा ४५ प्रतिशत, महानगरभित्रका स्थायी बसोवासी ९ प्रतिशत, १ प्रतिशत बन्चरेडाँडा र सिसडोलका सामुदायिक विद्यालयबाट आएका विद्यार्थी र ५ प्रतिशत निजी विद्यालयका उत्कृष्ट तथा जेहेनदार विद्यार्थीलाई प्रदान गरिनेछ । आरक्षण कोटा ४५ प्रतिशतभित्र ३३ प्रतिशत छात्रा र १२ प्रतिशत मधेसी रहने महानगरले जनाएको छ ।
५ हजारलाई छात्रवृत्ति
महानगरले छात्रवृत्ति कार्यक्रमका लागि ८५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयबाट छनोट हुने छन् ।
महानगरका अनुसार यहाँका निजी स्कुलहरूमा कक्षा ११ मा झन्डै ५० हजार विद्यार्थी भर्ना हुन्छन् । त्यसमध्ये १० प्रतिशत अर्थात् पाँच हजारलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
यसमध्ये पनि ८५ प्रतिशत अर्थात् चार हजार दुई सयभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयबाट छनोट हुनेछन् । अन्य १५ प्रतिशत निजी स्कुलबाट आएका विद्यार्थीको योग्यता र क्षमताका आधारमा प्रदान गरिनेछ । महानगरभित्र दुई सयभन्दा बढी निजी विद्यालयमा ११ र १२ कक्षासम्म पढाइ हुन्छ ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया