सेन्ट लरेन्स कलेजको ‘एसईई कप फुटसल’मा ३० टीम सहभागि हुँदै, ३ सय खेलाडीलाई छात्रवृत्ति

काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजले आयोजना गर्न लागेको ‘एसईई कप फुटसल’ प्रतियोगितामा तीस टीम दर्ता भएका छन् । चुच्चेपाटीमा रहेको भाटभटेनी फुटसलमा भोलि (शनिबार)बाट सुरु हुने फुटसल प्रतियोगितामा ३० वटा टीम सहभागि हुन लागेको कलेजले जनाएको हो ।
कलेजले आज (शुक्रबार) दर्ता भएका टीम घोषणा गर्दै खेल तालिकासमेत सार्वजनिक गरेको हो । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यो प्रतियोगिताले विद्यार्थीहरुमा शिक्षाका साथै खेल क्षेत्रमा समेत अघि बढ्न मद्धत मिलोस् भन्ने उद्धेश्यले फुटसल कपको आयोजना गरिएको कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले बताए । ‘नियममा रहेर खेलिने खेलले विद्यार्थीलाई अनुशासनमा राख्न मद्धत गर्छ,’ उनले भने, ‘खेल क्षेत्रमा रुचि भएका विद्यार्थीले शिक्षा लिने कुरा पनि अनुशासित हुन्छन् भन्ने मेरो विश्वास छ ।’
२७ वसन्तको उकालोमा लागेको यस कलेजले फुटसल कपमा प्रथम हुने टीमलाई ट्रफी, मेडल, प्रमाणपत्र र २५ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । त्यस्तै, प्रथम हुने टीमका खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा कलेजले पूर्ण छात्रवृत्तिसमेत उपलब्ध गराउने प्रबन्ध निर्देशक सुवेदीले जानकारी दिए । ‘प्रथम हुने टीमले मासिक शुल्क, भर्ना शुल्क, ल्याब शुल्क केही पनि तिर्नुपर्दैन,’ उनले भने ।
त्यस्तै, द्धितीय हुने टीमलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको कलेजले जनाएको छ । यसैगरी, टीममा सहभागि खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा मासिक शुल्क र ल्याब शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, बेष्ट प्लेयर, उच्च अंक प्राप्त गर्ने खेलाडी र बेष्ट किपरलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ । त्यस्तै, खेलमा सहभागि ३० वटै टीमका खेलाडीलाई पूर्ण शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने प्रबन्ध निर्देशक सुवेदीले बताए । ‘हामीले यसवर्ष तीन समय विद्यार्थीलाई तीन करोड रुपैयाँभन्दा बढी छात्रवृत्ति प्रदान गर्दैछौँ,’ उनले भने ।
खेल तालिका सार्वजनिक कार्यक्रमको सभापतित्वको भूमिकामा रहेका सुवेदीसहित कलेजका एकेडेमिक इञ्चार्ज नवराज भण्डारी, साइन्स को–अर्डिनेटर तेज तिमिल्सिना लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।
ताजा अपडेट
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया