रिलायन्स कलेजले गर्यो २२ औँ ब्याचका विद्यार्थीलाई भब्य स्वागत एवम् अभिमुखीकरण
काठमाडौं । चाबहिल स्वतरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार चावहिलस्थित स्मार्ट प्यालेसमा एक भव्य समारोहकाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक एवम् मनोरञ्जनात्मक कला प्रस्तुत गरेका थिए ।

प्लस टुतर्फ २२ औँ वर्षको उकालीमा लागेको रिलायन्स लामो समयदेखि देशभरकै उत्कृष्ट माविको सूचिमा पर्दै आएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा जोड, कुशल व्यवस्थापनका कारण रिलायन्स वर्षेनी सयौँ विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।
२०६० सालमा संस्कारसहितको शिक्षा उपलब्ध गराउने उद्धेश्यले स्थापित यस कलेज यसवर्ष पनि सयौँ विद्यार्थीको रोजाइमा पर्न सफल भयो ।
अभिमुखीकरण कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख नन्दु कुशुवाहले अतिथि र नवआगन्तुक विद्यार्थीलाई मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै कुशुवाहले एसईई उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बधाई दिँदै उच्च शिक्षाको सफलताको कामना गरे । ‘केही सपना र लक्ष्य बोकेर तपाईंहरु रिलायन्स आउनुभएको छ,’ उनले भने, ‘ नले भने, ‘तपाईंहरुको एकेडेमिक करिअर र व्यक्तिगत विकासमा हामी सँगसगै हुनेछौँ ।’

कार्यक्रममा कुशुवाहले अबको २ वर्ष डटेर मिहिनेत गर्न सुझावसमेत दिए । ‘अबको जमाना निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ,’ उनी भन्दै थिए, ‘अब डटेर मिहिनेत नगर्ने मानिस सफलताको सिँढी चढ्न सक्दैन ।’
त्यस्तै, कक्षा १२ को तर्फबाट संगम कार्कीले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेकी थिइन् । कार्की रिलायन्स कलेजकी टपर विद्यार्थीसमेत हुन् । पढाईका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी कार्कीले आफूलाई रिलायन्सको पठन संस्कृतिदेखि यसले अपनाउने विभिन्न क्रियाकलापबाट सन्तुष्ट रहेको बताइन् । ‘रिलायन्सको नमस्ते र मेडिटेसन कल्चरले यहाँको शैक्षिक वातावरणमा सुनमा सुगन्ध थपिरहेको छ,’ उनले भनिन्, ‘यस्ता अरु पनि संस्कृति छन् जसले विद्यार्थीको वैयक्तिक विकासमा प्रभाव पारिरहेको हुन्छ ।’

कार्कीले बाल्ने क्रममा आफू कक्षा ११ कक्षामा भर्ना हुँदाको अनुभवसमेत सुनाएकी थिइन् । ‘गत वर्ष एसईई उत्तिर्ण गरेपछि म पनि कता कता उत्साहित, निराश, दोधार सबै थिएँ । तर, मभित्र सपना र इच्छाशक्ति पनि त्यत्तिकै थियो,’ उनले भनिन्, ‘जब म रिलायन्समा भर्ना भएँ आजका दिनसम्म निराश हुनुपरेको छैन ।’
त्यस्तै, कलेजका निर्देशक एवम् वरिष्ठ चार्टर्ड एकाण्टेन्ट राजुकुमार शिवाकोटीले विद्यार्थीलाई पढाईमा हेलचेक्राइँ नगर्न सुझाव दिए । ‘तपाईंहरु गतिलो शैक्षिक संस्थामा आइपुग्नु भएको छ अब तपाईंहरुले राम्रो पढ्नुपर्छ,’ विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै शिवाकोटी भन्दै थिए, ‘पढाईभन्दा ठूलो कुरा अरु केही पनि छैन त्यसैले पढ्ने कुरामा हेलचेक्राइँ नगर्नुहोला ।’

शिवाकोटीले यो ब्याचका विद्यार्थीले पनि रिलायन्सको निरन्तर अब्बल नतिजामा एउटा इँट्टा थप्ने विश्वास व्यक्त गरे । ‘हामी स्थापना वर्षदेखि नै नतिजामा अब्बल रहँदै आएका छौँ,’ उनले भने, ‘अब यो ब्याचले पनि हाम्रो अब्बल नतिजालाई निरन्तरता दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’
कार्यक्रममा बोल्ने क्रममा उनले विभिन्न दृष्टान्त पस्कँदै विद्यार्थीहरुलाई प्रोत्साहन गरेका थिए । त्यस्तै, कार्यक्रममा शिक्षकहरुको तर्फबाट बीबी क्षेत्री र विजय उपाध्यायले मनतव्यमार्फत विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

- त्यस्तै, कक्षा ११ मा भर्ना भएकी रेबिका श्रेष्ठले अभिमुखिकरण कार्यक्रम राखेकोमा कलेजलाई धन्यवाद दिइन् । श्रेष्ठ एसईईमा ४ जीपिए प्राप्त गरेकी छात्रा हुन् । उनी विज्ञान संकाय अध्ययनका लागि रिलायन्स भर्ना भएकी हुन् । त्यस्तै, कार्यक्रममा कक्षा १२ की छात्रा प्राश्ना थपलियाले कलेजमा रहेका विभिन्न क्लबहरुको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा सिनियर स्टुडेन्ट रिलेसन्स अफिसर विश्वनाथ घिमिरेले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा विद्यार्थीलाई दुई मिनेट ध्यान गराएका थिए । त्यस्तै, उनले विद्यार्थीहरुलाई कलेजको आचारसंहिता र संस्कृतिका बारेमासमेत जानकारी गराएका थिए ।
कार्यक्रमका सभापति एवम् रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले नवआन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै आजबाट ठूलो परिवारको सदस्य भएकोमा बधाईसमेत व्यक्त गरे । ‘रिलायन्सको ३१ वर्षको इतिहासमा कक्षा ११ का २२ औँ व्याचका विद्यार्थीलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छौँ,’ उनले भने, ‘विगतमा जस्तै यो व्याच पनि अत्यन्तै मिहिनेती, लगनशील, अनुशासित हुनेछ भन्नेमा म विश्वस्त छु ।’

कार्यक्रममा बोल्दै थापाले रिलायन्सले पढाइमात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको बताए । ‘रिलायन्सको आफ्नै कल्चर छ,’ उनले भने, ‘हामी पढाइमात्र होइन अतिरिक्त क्रियाकलाप र संस्कारसहितको शिक्षामा जोड दिन्छौँ ।’
रिलायन्सले हरेक महिना विभिन्न शिर्षकमा अतिरिक्त क्रियाकलाप गर्दै आएकोसमेत जानकारी दिए । ‘हामीले अतिरिक्त क्रियाकलापका लागि क्यालेण्डर नै बनाएका छौँ,’ उनले भने, ‘जसले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न मद्धत गरिरहेको छ ।’

कार्यक्रममा रिलायन्स एजेकेशन नेटवर्कका विभिन्न स्कुलका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, बोर्ड सदस्य, शिक्षक शिक्षिका एवम् विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई कलेजका इसीए/सीसीए को–अर्डिनेटर गोविन्द ढकालले सञ्चालन गरेका थिए ।

ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया