मनसुन पिकलबल च्याम्पियनसीप–२०२४ मा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन
काठमाडौं । मनसुन पिकलबल च्याम्पियनसीप–२०२४ मा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतको मुम्बईमा गत अगष्ट २० देखि २५ सम्म भएको उक्त प्रतियोगितामा नेपालका विभिन्न उमेरसमूहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका हुन् ।
ग्लोबल स्पोर्टस् इन्डियाद्वारा आयोजित उक्त प्रतियोगितामा एक हजारभन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता नेस्को प्रदर्शनी केन्द्रमा भएको थियो ।
उक्त प्रतियोगितामा नेपालका तर्फबाट सिंगल र डबल खेलमा खेलाडीहरु सहभागिता जनाएका थिए । जसमा ३० वर्षभन्दा माथि, ४० वर्षभन्दा माथि, १९ वर्षभन्दा मुनी, १८ वर्षभन्दा मुनी विधामा खेलाडीहरु सहभागि भएका थिए ।
अण्डर–१९ का बीचमा भएको प्रतिस्पर्धामा समीर पोखरलले कास्य पदक जितेका थिए । त्यस्तै, अण्डर–१८ डबलमा पनि समीर र सुवर्ण शाहले कास्य पदक जितेका हुन् ।
३० वर्षभन्दा माथिका खेलाडीमा भएको प्रतिस्पर्धामा नेपालका खेलाडी जाक्सन सुवेदी र मनोज कुमार प्रि क्वाटरफाइनलसम्म पुगेका थिए । त्यस्तै, ४० वर्षभन्दा माथिका खेलाडीका विचमा भएको प्रतिस्पर्धामा नेपालका खेलाडी फत्यबहादुर खड्का र मनोज कुमार पनि प्रि क्वाटर फाइनलसम्म पुगेका थिए ।
यसैगरी, ५० भन्दा माथिका खेलाडीबीच भएको प्रतिस्पर्धामा नेपालका खेलाडी फत्यबहादुर खड्काले भारतीय खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए ।
ताजा अपडेट
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया