शिक्षामन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय परम्परामा सस्मितको ‘ब्रेक’
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले पदभार ग्रहणलगत्तै पहिलो निर्णय गर्ने पुरानो परम्परामा ‘ब्रेक’ लगाएका छन् ।
शुक्रबार सपथ ग्रहणपछि पदभार सम्हाल्न सिंहदरबार स्थित मन्त्रालय पुगेका मन्त्री पोखरेलले तत्काल कुनै निर्णय नगरेका हुन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह को समग्र योजना सुनेपछि मात्रै आफ्नो पहिलो निर्णय लिने तयारी गरेका छन् ।
हाल सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक जारी रहेकाले, बैठकबाट फर्किएपछि मात्रै मन्त्री पोखरेलले आफ्नो पहिलो निर्णय सार्वजनिक गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
यसअघि भने मन्त्रीहरूले पदभार ग्रहणलगत्तै पहिलो निर्णय गर्ने चलन थियो। तर, बालेन नेतृत्वको सरकारका केही मन्त्रीहरूले पहिले सरकारको नीति तथा प्राथमिकता बुझेर मात्रै निर्णय गर्ने रणनीति अपनाउँदै उक्त परम्परामा परिवर्तन ल्याउन थालेका छन् ।
यद्यपि, केही मन्त्रीहरूले भने पुरानै शैलीअनुसार पदभारपछि तुरुन्तै पहिलो निर्णय गरिसकेका छन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया