त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा चरम लापरवाही गरेको पाइएको छ । सोमबार त्रिविले सञ्चालन गरेको स्नातक तह चार वर्षे कार्यक्रम तेस्रो वर्षको पर्यटन विकास विषयको प्रश्नपत्र दिल्ली विश्वविद्यालयको वितरण गरेसँगै त्रिविको लापरवाही छताछुल्ल भएको हो ।
नेपालको पर्यटन विकासबारे अध्ययन गरेका विद्यार्थीलाई भारतीय इतिहासबारे सबै प्रश्न सोधिएको थियो । यसले त्रिविको हदैसम्मको लापावाही गर्ने प्रवृत्तिलाई फेरि एकपटक बाहिरिएको हो ।
परीक्षा एउटा विषयको अनि प्रश्न अर्कै विषयको सोधिँदा तीन घन्टाको परीक्षामा विद्यार्थीहरू परीक्षा हलमा ३० मिनेट अन्योलमा परेका थिए । ७० पूर्णाकको प्रश्नमा समूह ए मा ३० नम्बरको तीन प्रश्न र समूह बी मा ४० नम्बरको चारवटा प्रश्न सोधिएको थियो। सबै भारतीय इतिहासबारे थिए । जुन विद्यार्थीले अध्ययन गरेकै थिएनन् ।
उसो त यतिबेला परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी र प्रश्नपत्र निर्माणको जिम्मेवारी पाएका प्राध्यापकहरुको आलोचना भइरहेको छ ।
त्रिविका परीक्षा नियन्त्रण पुष्पराज जोशीले भने प्रश्नपत्रमा त्रुटी भएको स्वीकार गरेका छन् । ‘असार २८ गतेनै सम्पन्न भएको भारतीय इतिहास विषयको प्रश्नपत्र सोमबारको पर्यटन विकास विषयको परीक्षामा मानवीय त्रुटिबस केन्द्रमा पुग्न गएको हो,’ उनले भने, ‘त्रिविले २९ वटा ऐच्छिक विषयको पठनपाठन गराउँछ। इतिहासमा भारतीय, अमेरिका, युरोपलगायत थुप्रै देशका पढाइन्छ। विद्यार्थीले रुचीअनुसारको विषय छनोट गरी पढ्छन्, सोमबारको पर्यटन विषयको परीक्षामा पनि मानवीय त्रुटि भएको हो ।’
ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया