त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा चरम लापरवाही गरेको पाइएको छ । सोमबार त्रिविले सञ्चालन गरेको स्नातक तह चार वर्षे कार्यक्रम तेस्रो वर्षको पर्यटन विकास विषयको प्रश्नपत्र दिल्ली विश्वविद्यालयको वितरण गरेसँगै त्रिविको लापरवाही छताछुल्ल भएको हो ।
नेपालको पर्यटन विकासबारे अध्ययन गरेका विद्यार्थीलाई भारतीय इतिहासबारे सबै प्रश्न सोधिएको थियो । यसले त्रिविको हदैसम्मको लापावाही गर्ने प्रवृत्तिलाई फेरि एकपटक बाहिरिएको हो ।
परीक्षा एउटा विषयको अनि प्रश्न अर्कै विषयको सोधिँदा तीन घन्टाको परीक्षामा विद्यार्थीहरू परीक्षा हलमा ३० मिनेट अन्योलमा परेका थिए । ७० पूर्णाकको प्रश्नमा समूह ए मा ३० नम्बरको तीन प्रश्न र समूह बी मा ४० नम्बरको चारवटा प्रश्न सोधिएको थियो। सबै भारतीय इतिहासबारे थिए । जुन विद्यार्थीले अध्ययन गरेकै थिएनन् ।
उसो त यतिबेला परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी र प्रश्नपत्र निर्माणको जिम्मेवारी पाएका प्राध्यापकहरुको आलोचना भइरहेको छ ।
त्रिविका परीक्षा नियन्त्रण पुष्पराज जोशीले भने प्रश्नपत्रमा त्रुटी भएको स्वीकार गरेका छन् । ‘असार २८ गतेनै सम्पन्न भएको भारतीय इतिहास विषयको प्रश्नपत्र सोमबारको पर्यटन विकास विषयको परीक्षामा मानवीय त्रुटिबस केन्द्रमा पुग्न गएको हो,’ उनले भने, ‘त्रिविले २९ वटा ऐच्छिक विषयको पठनपाठन गराउँछ। इतिहासमा भारतीय, अमेरिका, युरोपलगायत थुप्रै देशका पढाइन्छ। विद्यार्थीले रुचीअनुसारको विषय छनोट गरी पढ्छन्, सोमबारको पर्यटन विषयको परीक्षामा पनि मानवीय त्रुटि भएको हो ।’
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया