Techie IT
  • मंगलबार, वैशाख १८, २०८१ / Tuesday, April 30, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठएडमिसन/इभेन्टकान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’

समाचार

कान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’


काठमाडौं—धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)ले ‘विन्टर फेस्टिभल’को आयोजना गरेको छ । चार दशकदेखि निरन्तर रुपमा शिक्षा प्रदान गर्दै आएको स्कुलले यही डिसेम्बर ३० तारिखको दिन स्कुल परिसरमा फेस्टिभलको आयोजना गरेको हो ।

स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठका अनुसार फेस्टिभलमा मनोरञ्जनका बिभिन्न गतिविधिहरुसँगै खानाका परिकारहरु रहेका थिए ।

कार्यक्रमबारे श्रेष्ठले भनिन्, ‘हरेक उमेर समूहलाई लक्षित गरेर हामीले कार्यक्रमको आयोजना गरेका हौं । फेस्टिभलमा सांगीतिक कार्यक्रम, खानाका स्टलहरु, बिभिन्न खेल, फेस पेन्ट लगायतका गतिविधिहरु समेटिएका थिए । यसको लागि बिभिन्न संस्थाहरुसँग सहकार्य भएको छ ।’

बिहान १० बजे सुरु भएको उक्त कार्यक्रमको लागि कुनै पनि शुल्क लिइएको थिएन ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट