समाचार
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित
काठमाडौं—सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले दीक्षान्त समारोह आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजना गरेको दीक्षान्त समारोहमा २ सय ४८ जना विद्यार्थी दीक्षित भएका छन् ।
सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २ सय ४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो । काठमाडौंस्थित हायात होटलमा आयोजना गरिएको उक्त दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावकसमेत सहभागी थिए ।
सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिदैं आईटीको युगमा विद्यार्थीहरुका लागी यो क्षेत्रमा अवसर नै अवसर रहेको बताए ।
सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागी बधाई तथा शुभकामना व्यक्त गरेका थिए । ‘अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेका छन्,’ उनले भने, ‘जुन हाम्रो लागि निकै गौरवको कुरा हो ।’ यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थप बलियो बनाएको कुरा बताए ।
सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेज अफ् आईटी एन्ड ई–कमर्स नेपालमा आईटी शिक्षाका लागि प्रख्यात छ । बेलायती कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले स्नातक, स्नातकोत्तर तहमा आईटी सम्बन्धीका विभिन्न शैक्षिक कार्यत्रफ्म सञ्चालन गरिरहेको छ ।
कलेजले पढाउने बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) कम्प्युटर साइन्सको साथ एआईलगायतका विषय आईटी शिक्षामा रुचि भएका विद्यार्थीमाझ लोकप्रिय छन् ।
ताजा अपडेट
- वर्षौंदेखि अतिक्रमणमा परेको त्रिविको ७०५ रोपनी जग्गा फिर्ता
- को हुन् नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसी ?
- स्ट्रोकविरुद्ध सचेतना र वातावरण संरक्षणको सन्देश बोकेर स्वयम्भूमा पदयात्रा
- अन्तर्राष्ट्रिय विज्ञान प्रतियोगितामा अर्बाना स्कुलको निरन्तर सफलता, समृद्धिलाई रजत पदक
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया