समाचार
कलेज आईडिया हन्ट २०२३ सुरु

काठमाडौं-आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय को सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय को संयोजनामा आवेदन खुला गरेको छ । गत बिहीबार कीर्तिपुतस्थित त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CEDA) को हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको छ ।
नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्र्दनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२३ को आयोजना गरेको हो । वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।
उक्त कलेज आईडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आईडिया स्टुडियो नेपालकी Chief of Strategy and Communication (रणनीति तथा सञ्चार प्रमुख) सदिच्छा श्रेष्ठ, त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा. गंगाराम विश्वकर्मा, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा , काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा.दिलीप पराजुली, स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङ, कलेज आइडिया हन्ट २०२० की, आईडिएटर अन्जना मल्ल,आईडिया र विधार्थीहरु लगायत बिभिन्न बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो |
आईडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठले कलेज आईडिया हन्टको महत्व र अवसरको विषयमा प्रस्ट पार्नुभयो | कलेज आइडिया हन्ट २०२० की आईडिएटर अन्जना मल्लले आइडिया स्टुडियोको मार्फतबाट उहाको व्यवसायमा पाएको सहयोग र अनुभव बारे कुरा गर्दै कलेज आइडिया हन्ट २०२० एउटा कार्यक्रम मात्र नभएर आत्म विश्वास वृद्धिको श्रोत पनि हो |
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा.दिलीप पराजुलीले नेपालका विद्यार्थीहरु अवसरको खोजीमा तीव्र गतिमा विदेशीएका छन् तर नेपालमा धेरै अवसरहरु रहेको जानकारी गराए |
काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र सुवेदीले विद्यार्थीहरुले आईडिया स्टुडियो नेपालको तर्फबाट पाएको मोैका, अवसर र उद्यमशीलता मानसिकताको विकासबारे मन्तव्य राखे |
आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्नातक, स्नातकोत्तर र पीएचडी गर्दै गरेका वा गरिसकेका विद्यार्थीहरुको कुनै आईडिया वा सपना छ भने कलेज आइडिया हन्ट २०२३ मा आवेदन पठाउन अनुरोध गर्दै भविष्यमा आवश्यक सहयोगका निमित्त आईडिया स्टुडियो नेपाल सो विद्यार्थीहरुका लागि एक प्लेटफर्मको रुपमा रहने छ |
कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट २० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।
कलेज आईडिया हन्ट २०२३ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०८० असोज १४ गते सम्म आवेदन दिइसक्नुपर्नेछ । विद्यार्थीहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि https://ideastudio.org.np/submit-college-idea-hunt/ मा गएर हेर्न सक्ने छन् ।
ताजा अपडेट
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया