Techie IT
  • शुक्रबार, जेठ ४, २०८१ / Friday, May 17, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजत्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?

त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?


काठमाडौँ । आगामी पुस २ गने त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गर्दै पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीक्षान्त समारोह हुने जनाएको हो ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन÷स्कार्फ÷टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

२४ गतेबाट गाउन वितरण

समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ । जसअनुसार छात्रहरूले आफू खुशी पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी सहित त्रिविले उपलब्ध गराएको गाउन, स्कार्फ, टोपी पहिरिनु पर्नेछ ।

यस्तै छात्राहरूले औपचारिक पोशाक वा साडी, ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन, स्कार्फ, टोपी पहिरिनुपर्नेछ ।



तपाईको प्रतिक्रिया