बालेनको अर्को एक्सन : शिक्षा प्रमुख कोइरालासँग सोधे स्पष्टिकरण !
काठमाडौैं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरका शिक्षा प्रमुख सिताराम कोइरालासँग स्पष्टिकरण सोधेका छन् । महानगरले निर्णय नै नगरेको कुरा निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि शाहले कोइरालालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको बालेनका एक सचिवालय सदस्यले एजुकेशनसमाचारलाई जानकारी दिए ।
स्पष्टिकरण बुझाउने बेलासम्म उनलाई बिदामा बस्न समेत मेयरले निर्देशन दिएका छन् ।
कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीपश्चात् अनुगमन गर्दा उक्त स्कुलमा कक्षा ११ मा विज्ञान विषय पढाइ भएको पाइएको थियो ।
कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।
‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो । उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’,
सचिवालयका एक सदस्यले भने । हाल रत्नराज्य स्कुलमा २२ जना विद्यार्थीलाई भर्ना लिएर कक्षा ११ अध्यापन गराइरहेको छ ।
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया