पहिलोपटक र्याण्डम विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र, कसको सेन्टर कहाँ ? (सूचिसहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले पहिलोपटक र्याण्डम अर्थात स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकी बिहिबार सार्वजनिक गरेको हो ।
परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन् ।
मन्त्रीको निर्देशनपश्चात मन्त्रालय र बोर्डको प्राविधिक टोलीले एक सफ्टवेयर डेभलप गरी पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्रहरु र्याण्डम विधिबाट तोकिएको हो ।
बोर्डका अनुसार परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको भौगोलिकताको आधार मा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालित हुनेगरी बोर्डले तालिका सार्वजनिक गरेको छ ।
कुन कलेजकाे सेन्टर कहाँ ?
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया