राजनीतिमा लागेका शिक्षकमाथि होला त कारबाही ?

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत आइतबार ७७ वटै जिल्ला शिक्षा समन्वय इकाइलाई राजनीतिमा लागेका शिक्षक तथा कर्मचारीलाई कारवाही गर्न पत्राचार गरेसँगै यतिबेला यो विषयले चर्चा पाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनसँगै गरिएको पत्राचारले यतिबेला मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
कतिपयले मन्त्रीको यो कदमलाई शिक्षामा राजनीतिकरणको जालोलाई हटाउने आशाका रुपमा लिएका छन् भने कसैले स्टण्टबाजीको संज्ञासमेत दिएका छन् ।
यही प्रतिक्रियाका बीच कुन कार्यविधि र प्रक्रियाबाट शिक्षकलाई कारबाही गर्ने भन्ने विषय भने अन्योल छ । मन्त्री श्रेष्ठले दलमा आवद्ध शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र त्यसको विवरण मन्त्रालयलाई जानकारी गराउनुपर्ने निर्णय गरेकी थिइन् । सोही निर्णयका आधारमा केन्द्रले जिल्लाका इकाइलाई पत्राचार गरेको थियो ।
शिक्षा ऐन २०२८ को दफा १६ ‘ङ’ को उपदफा ५ को खण्ड ६ र शिक्षा नियमावली २०५९ को नियम १३८ को उपनियम १ मा शिक्षकहरू दलको कार्यकारिणी समितिको सदस्य रहेमा पदबाट हटाउने व्यवस्था रहेको छ । तर, कार्यकारिणी समिति भन्नाले के हो भन्ने प्रस्ट नहुँदा इकाइलाई निर्णय कार्यान्वयन गर्न सकस परिरहेको छ ।
ताजा अपडेट
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
- आइतबारबाट विद्यालय खोल्न र सोमबारबाट पठनपाठन सुरु गर्न महानगरको निर्देशन
- नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा शपथ ग्रहण, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने
- त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
- प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया