राजनीतिमा लागेका शिक्षकमाथि होला त कारबाही ?
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत आइतबार ७७ वटै जिल्ला शिक्षा समन्वय इकाइलाई राजनीतिमा लागेका शिक्षक तथा कर्मचारीलाई कारवाही गर्न पत्राचार गरेसँगै यतिबेला यो विषयले चर्चा पाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनसँगै गरिएको पत्राचारले यतिबेला मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
कतिपयले मन्त्रीको यो कदमलाई शिक्षामा राजनीतिकरणको जालोलाई हटाउने आशाका रुपमा लिएका छन् भने कसैले स्टण्टबाजीको संज्ञासमेत दिएका छन् ।
यही प्रतिक्रियाका बीच कुन कार्यविधि र प्रक्रियाबाट शिक्षकलाई कारबाही गर्ने भन्ने विषय भने अन्योल छ । मन्त्री श्रेष्ठले दलमा आवद्ध शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र त्यसको विवरण मन्त्रालयलाई जानकारी गराउनुपर्ने निर्णय गरेकी थिइन् । सोही निर्णयका आधारमा केन्द्रले जिल्लाका इकाइलाई पत्राचार गरेको थियो ।
शिक्षा ऐन २०२८ को दफा १६ ‘ङ’ को उपदफा ५ को खण्ड ६ र शिक्षा नियमावली २०५९ को नियम १३८ को उपनियम १ मा शिक्षकहरू दलको कार्यकारिणी समितिको सदस्य रहेमा पदबाट हटाउने व्यवस्था रहेको छ । तर, कार्यकारिणी समिति भन्नाले के हो भन्ने प्रस्ट नहुँदा इकाइलाई निर्णय कार्यान्वयन गर्न सकस परिरहेको छ ।
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया