कक्षा १२ मा एनजी ल्याएका विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी गराउन अदालतको अन्तरिम आदेश
काठमाडौं—उच्च अदालत पाटनले चिकित्सा शिक्षा आयोगलाई राष्ट्रिय परीक्षा बोर्डको नतिजामा एनजी आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई एकीकृत प्रवेश परीक्षामा सहभागी गराउन आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीस हेमन्त रावलको एकल इजलासले नतिजामा अन्तिममा हेरफेर हुन सक्ने भन्दैं एनजी आएर एकीकृत प्रवेश परीक्षाको फर्म भरेका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।
कक्षा १२ को परीक्षा अगावै योग्य ठह्याई आयोगले सूचना प्रकाशित गरेकोले पुनर्योगको निर्णय नआउँदैं परीक्षामा सहभागी नगराउँदा उनीहरुको अध्ययन गर्ने अवसरमा तत्कालका लागि असर पर्ने देखिएको अन्तरिम आदेशमा छ । ‘निवेदकहरु पुर्नयोगबाट सफल भई प्रवेश परीक्षामा असफल भएमा वा प्रवेश परीक्षामा सफल भई पुर्नयोगबाट असफलमा यी दुवै अवस्थामा निजहरु चिकित्सा शिक्षा आयोगबाट संचालन हुने स्नातक तहको अध्ययनका लागि निजहरु ग्राह्य हुने अवस्था देखिदैन्,’ अन्तरिम आदेशमा छ, ‘तर, निर्धारित प्रवेश परीक्षामा सहभागी हुने अवसरबाट तत्काल बञ्चित हुनु परेको अवस्थामा निजहरु पुनर्योगको नतिजामा सफल भएमा निवेदकहरुलाई क्षति पुग्न सक्ने अवस्था देखिन्छ ।’
अदालतले परीक्षामा निवेदकहरुलाई सहभागी गराउँदा विपक्षी आयोगलाई पर्ने कार्यभारभन्दा निवेदकलाई पर्ने क्षति गम्भीर र अपुरणीय देखिने भन्दैं सुविधा सन्तुलनका दृष्टिले समेत अन्तरिम आदेश जारी गरेको जनाएको छ ।
ताजा अपडेट
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी










तपाईको प्रतिक्रिया