एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण
काठमाडौं । शिक्षा क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनप्रति ध्यानाकर्षण गराएको छ।
शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडक खण्डमा निरन्तर जारी आन्दोलनले विद्यालय शिक्षामा असर पारिरहेको भन्दै एन–प्याब्सनले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई यस विषयप्रति गम्भीर बन्न आग्रह गरेको छ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, सेवा सुरक्षा सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन चर्काएका छन्। यसका कारण सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प भएको र त्यसले विद्यार्थीहरूको सिकाइमा दीर्घकालीन असर पार्न सक्ने भन्दै एन–प्याब्सनले चिन्ता व्यक्त गरेको छ। संगठनले यस्तो अवस्था नेपालको समग्र शैक्षिक विकासका लागि प्रतिकूल भएको स्पष्ट पारेको छ।
एन–प्याब्सनका अध्यक्ष गीत राणा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा शिक्षकमाथिको कुनै अवहेलना स्वीकार्य नहुने जनाउँदै शिक्षकहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ। साथै जायज मागहरूबारे गम्भीर छलफल र वार्ताबाट समाधान खोजिनुपर्नेमा जोड दिइएको छ।
सरकारलाई आन्दोलनरत शिक्षकहरूसँग तत्काल संवादको वातावरण सिर्जना गर्न र समस्याहरू समाधान गर्न इच्छाशक्ति देखाउन आग्रह गर्दै विज्ञप्तिमा सबै सरोकारवाला पक्षहरूलाई संयमित, जिम्मेवार र समाधानमुखी दृष्टिकोण अवलम्बन गर्न अपिल गरिएको छ।
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया