एकआपसमा मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन दिन त्रिविको आह्वान
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले मर्ज हुन चाहने क्याम्पसहरुलाई असार मसान्त भित्र निवेदन दिन आह्वान गरेको छ । त्रिविले सूचना जारी गर्दै एकआपसमा गाभिन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई निवेदन दिन आह्वान गरेको हो ।
मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।
निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविको सूचनामा उल्लेख छ ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी, २१८ सामुदायिक र २१ क्याम्पसमा १०० भन्दा कम विद्यार्थीहरु छन् । कतिपयले अध्यापक र कर्मचारीहरुलाई तलबसमेत खुवाउन नसकेका समाचार सार्वजनिक हुने गरेका छन् ।
त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् । तिनैलाई लक्षित गर्दै त्रिविले उक्त सूचना जारी गरेको हो ।
ताजा अपडेट
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- स्वावलम्बन लघुवित्तद्वारा आरुवारीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया