समाचार
काठमाडौं विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्सालय संचालनमा
धुलिखेल—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गरेका छन् । बुधबार उनले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रको चौकोटमा संचालनमा ल्याएको योग तथा प्राकृतिक चिकित्सालयको शुभारम्भ गरेका हुन् ।
काठमाडौं विश्वविद्यालयले यही वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगिक साइन्स एण्ड विल विइङ) को पढाइ पनि सुरु गरेको छ ।
कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगको औपचारिक पढाइ प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए । हरेक वर्ष उपचार सेवा महंगो हुँदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रशसनीय रहेको उनको भनाइ थियो । ‘योगको विकास गर्न सक्यौ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचारिक पढाइ सुरु गरेकोमा खुशी व्यक्त गर्दै सरकारले पनि यो विधाको विकासका लागि सहयोग गर्नुपर्ने बताए ।
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया