एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई लक्षित गर्दै विशेष शैक्षिक कार्यक्रम घोषणा गरेको छ ।
नगरपालिकाले शैक्षिक सत्र २०८२ को एसइइ परीक्षामा ४.० GPA प्राप्त गरेका ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ सम्म नि:शुल्क अध्ययनको व्यवस्था गर्ने भएको हो । नगर प्रमुख दिपक कुमार रिसालका अनुसार नगरपालिकाभित्र सञ्चालित ५८ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा उक्त सुविधा उपलब्ध गराइनेछ ।
नगरपालिकाद्वारा जारी सूचनाअनुसार योग्य विद्यार्थीहरूले आफूले इच्छाएको विद्यालय छनोट गरी भर्ना लिन सक्नेछन् । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई थप प्रोत्साहन गर्नुका साथै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख रिसालले शिक्षा क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै मेहनती विद्यार्थीलाई थप हौसला प्रदान गर्न यस्तो निर्णय गरिएको बताए । आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई समेत यस योजनाले राहत पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले सम्बन्धित विद्यार्थीलाई यथाशीघ्र आफूले छनोट गरेको विद्यालयमा सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
स्थानीय तहबाट शिक्षा क्षेत्रमा गरिएको यो निर्णयलाई विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रले सकारात्मक कदमका रूपमा लिएका छन् । शिक्षा क्षेत्रमा स्थानीय सरकारको सक्रियता बढ्दै गएको उदाहरणका रूपमा पनि यसलाई हेरिएको छ ।
ताजा अपडेट
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया