इक्यानको अध्यक्षमा भट्टराई महासचिवमा भुसाल निर्वाचित

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा भट्टराईले २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।
इक्यानको अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा थिए । उनका प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १४६ मत पाएका छन् । त्यस्तै कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाए ।
इक्यानको महासचिवमा हालका महासचिव दिपकराज भुसाल नै निर्वाचित भएका छन् । शेषराज समूहबाट निर्वाचन लडेका उनले २५५ मत पाएका छन् । उनका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत पाएका छन् । उनी विष्णुहरिको प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए ।
त्यस्तै, तीन जना उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल (लक्ष्मण) २२८ मत, भुवनबहादुर क्षेत्री १७२ मत र गीता शिवाकोटी १५२ मतसहित निर्वाचित भएका छन् । सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा २०८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।
कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिएका छन् । निर्वाचनमा शेषराज समूहको बर्चश्व देखिएको छ । शेषराजलाई निवर्तमान अध्यक्ष प्रकाश पाण्डेको समर्थन रहेको थियो ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया