रिलायन्सको खेलकुद सप्ताह सुरु
काठमाडौं-रिलायन्स इन्टरनेसनल एकेडेमीको २४ औँ वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । बुधबारदेखि एकेडेमीमा सुरु भएको खेलकुद सप्ताहको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले गरेका हुन् ।
उद्घाटनका क्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले शैक्षिक गुणस्तरीयता मात्र नभई अतिरिक्त क्रियाकलाप समेतमा विशेष जोड दिनुपर्ने बताए । बालबालिकाको सम्पूर्ण विकासका लागि खेल अनिवार्य रहेको कुरा बताउँदै सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरे ।
रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल खेमलाल भुषालले विद्यालयले विषयगत शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिदै आएकाले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सप्ताह आयोजना गरेको बताए ।
वार्षिक खेल सप्ताहको शुभकामना दिँदै रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले बालबालिकाको मानसिक विकास, शारीरिक विकास र शैक्षिक विकास सहज रुपमा बढ्नुपर्ने कुरा बताउँदै खेलकुदले यी तिनै कुराको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

ड्रिल एवम् मार्चपास सहितको उद्घाटन समारोहमा कपन तेक्वान्दो डोजाङ्गले आफ्नो खेल कौशल प्रस्तुत गरी अतिथि एवम् विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेको थियो ।
खेलकुद सप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिनेछन् । करिब १५ भन्दा बढी खेलका विधाहरू समावेश गरिएको खेल सप्ताहमा सबै तहका विद्यार्थीहरूलाई तहगत रुपमा उपयुक्त खेलहरू खेलाइने कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप कोअर्डिनेटर श्रीधर प्रसाद पौडेलले बताए ।
फुटसल, बास्केटबल, भलिबल, कबड्डी, ब्याडमिन्टन, टेबल टेनिस, तान डोरी, चेस, १०० मिटर दौड, ४०० मिटर रिले दौड, सटपुट लगायतका प्रमुख खेलहरू समावेश गरिएको खेलकुद सप्ताहमा प्राथमिक तहका विद्यार्थीहरूका लागि पोर्टबल, टनेल बल, ओभरहेड बल, मार्बल एण्ड स्पोन, फिल इन द जार, ककफाइट विथ बेलुन लगायतका खेलहरू खेलाइने छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया