रिलायन्सको खेलकुद सप्ताह सुरु

काठमाडौं-रिलायन्स इन्टरनेसनल एकेडेमीको २४ औँ वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । बुधबारदेखि एकेडेमीमा सुरु भएको खेलकुद सप्ताहको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले गरेका हुन् ।
उद्घाटनका क्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले शैक्षिक गुणस्तरीयता मात्र नभई अतिरिक्त क्रियाकलाप समेतमा विशेष जोड दिनुपर्ने बताए । बालबालिकाको सम्पूर्ण विकासका लागि खेल अनिवार्य रहेको कुरा बताउँदै सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरे ।
रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल खेमलाल भुषालले विद्यालयले विषयगत शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिदै आएकाले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सप्ताह आयोजना गरेको बताए ।
वार्षिक खेल सप्ताहको शुभकामना दिँदै रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले बालबालिकाको मानसिक विकास, शारीरिक विकास र शैक्षिक विकास सहज रुपमा बढ्नुपर्ने कुरा बताउँदै खेलकुदले यी तिनै कुराको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ड्रिल एवम् मार्चपास सहितको उद्घाटन समारोहमा कपन तेक्वान्दो डोजाङ्गले आफ्नो खेल कौशल प्रस्तुत गरी अतिथि एवम् विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेको थियो ।
खेलकुद सप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिनेछन् । करिब १५ भन्दा बढी खेलका विधाहरू समावेश गरिएको खेल सप्ताहमा सबै तहका विद्यार्थीहरूलाई तहगत रुपमा उपयुक्त खेलहरू खेलाइने कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप कोअर्डिनेटर श्रीधर प्रसाद पौडेलले बताए ।
फुटसल, बास्केटबल, भलिबल, कबड्डी, ब्याडमिन्टन, टेबल टेनिस, तान डोरी, चेस, १०० मिटर दौड, ४०० मिटर रिले दौड, सटपुट लगायतका प्रमुख खेलहरू समावेश गरिएको खेलकुद सप्ताहमा प्राथमिक तहका विद्यार्थीहरूका लागि पोर्टबल, टनेल बल, ओभरहेड बल, मार्बल एण्ड स्पोन, फिल इन द जार, ककफाइट विथ बेलुन लगायतका खेलहरू खेलाइने छ ।
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया