नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड पर्पल डे
काठमाडौं । नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउडेशसन नेपालले संयुक्त रुपमा वर्ल्ड पर्पल डे मनाएका छन् । महाराजगञ्जस्थित सेन्टरको कार्यालयमा पर्पल डे मनाइएको हो ।
हरेक वर्ष मार्च २६ का दिन छारे रोगका बारेमा जनचेतना फैलाउने र यससँग सम्बन्धि बिरामीहरुलाई सहयोग गर्ने उद्धेश्यले पर्पल डे मनाइँदै आएको छ । सेन्टरले पनि आज अर्थात पर्पल डेका अवसरमा टिकट र जाँचमा विशेष छुट दिएको थियो ।
कार्यक्रममा बोल्दै नेशनल न्यूरो सेन्टरका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले नेपालमा इपिलेप्सीसम्बन्धि विभिन्न धारणा रहेको बताउँछन् । ‘नेपालमा इपिलेप्सीसम्बन्धि विभिन्न नकारात्मक धारणा रहेको छ,’ उनले भने, ‘त्यस्ता नकारात्मक धारणा चिर्नका लागि सबैको साथ आवश्यक छ ।’
इपिलेप्सीलाई नेपालमा ठाउँअनुसार विभिन्न नामले चिनिने गरेको समेत उनले जानकारी गराए । ‘जहाँ जुन नामले चिने पनि यसको उपचार सम्भव छ,’ उनले भने ।
त्यस्तै, इपिलेप्सी फाउण्डेशन नेपालका अध्यक्ष एवम् न्यूरोलोजिष्ट डा. सुमन भट्टराईले नेपालमा छारे रोगसँग सम्बन्धि भ्रमलाई चिर्नका लागि फाउण्डेशसनले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया