अन्तर्वार्ता
केईसीका विद्यार्थीहरू विदेशका राम्रा र ख्यातिप्राप्त विश्वविद्यालयमा माष्टर्स र पीएचडी गरिरहेका छन्
कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (केईसी), त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रीकल, बी आर्क, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन इन्जिनियरिङ अध्यापन हुँदैं आएको छ । इन्जिनियरिङ शिक्षामा नीजि क्षेत्रका कलेजहरुतर्फ अग्रणी मानिने केईसीका प्रोडक्टहरु अब्बल मानिन्छन् । राम्रो शैक्षिक वातावरण, सुविधासम्पन्न हाइटेक ल्याबसहित प्रतिष्ठित फ्याकल्टीहरुलाई पनि केईसीको विशेष पक्ष मानिन्छ ।
साढे १७ रोपनीमा क्षेत्रफलमा फैलिएको केईसीले हाल ३० रोपनी जग्गामा होस्टेलसहितको कलेज बनाउनका लागि थप जग्गा खरिद गरिसकेको छ । शैक्षिक वातावरण, अब्बल फ्याकल्टी, सुविधासम्पन्न ल्याब, ख्यातिप्राप्त ब्यवस्थापन टिम रहेको केईसीका सल्लाहकार प्रोफेसर .डा. दिनेशकुमार शर्मासँग गरिएको कुराकानीः
केईसीको फ्याकल्टीबारे जानकारी दिनुहोस न ?
हामीले बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रीकल, बी आर्क, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ चलाइरहेका छौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले यस शैक्षिक सत्रदेखि आफ्नो एउटा कार्यक्रमलाई परिमार्जित गरेको हो, यो सबै क्याम्पसमा लागु भएको छ । पहिले रहेको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ भन्ने थियो त्यो कार्यक्रम परिमार्जन गरेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन बनाइएको छ ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा इन्फर्मेशन थपेर परिमार्जित गरिएपछि त्यसमा नवीन कुराहरु के छन ?
इलेक्ट्रोनिक्स र कम्युनिकेसनका कुराहरु यथावत छन् । कम महत्वपूर्ण कोर्सहरु झिकेर इन्फर्मेशन इन्जिनियरिङका नवीनतम कुराहरु राखेका छौं । अहिलेको जमाना भनेकै इन्फर्मेशनको जमाना हो, सूचनालाई कसरी कम्प्युटरको माध्यमबाट मानिसको हितका लागि कसरी उपयोग गर्ने भन्नेबारे कोर्समा थपेका छौं ।
अन्य सबै फ्याकल्टीहरुमा भर्ना सिट पूरा भइसकेको अवस्थामा पनि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स फ्याकल्टीमा विद्यार्थीहरुको कोटा पूरा हुन नसक्नुको कारण के हो ?
गत केही वर्षदेखि नै इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसमा विद्यार्थी कम भइरहेका थिए । त्यसलाई परिमार्जित गरेर समयसापेक्ष झन प्रभावकारी बनाइएको हो । संसारमा जे डिमान्ड छ, अहिले सूचना प्रविधीको जमाना छ, त्यसकारण सूचना सम्बन्धि अध्ययन पनि गराउनुपर्छ भनेर त्यसलाई परिमार्जन गरिएको हो ।
नेपालमा इन्जिनियरिङका कुन—कुन विद्यामा बढी आकर्षण छ ?
अहिले नेपालको परिप्रेक्ष्यमा इन्जिनियरिङ विषयमध्येमा सिभिलमा विद्यार्थीहरुको चाप छ । त्यसपछि कम्प्युटर, बी आर्कमा आकर्षण राम्रो छ । अरुमा विगत वर्षहरुदेखि नै विद्यार्थीहरु कम भइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङका उत्पादनहरुको गुणस्तर कस्तो छ ?
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुको राम्रो ख्याति छ । त्रिभुवन विश्वविद्यालयका आफ्नै चार वटा कलेजहरु छन् । सम्बन्धनप्राप्त नीजि क्षेत्रका ६ वटाजति कलेजहरु छन् । यी सबै इन्जिनियरिङ कलेजहरुका उत्पादनको गुणस्तर एकदमै छन् । हाम्रो उत्पादन पनि स्वभाविक रुपमा राम्रा हुने भइहाले ।
विदेशका कुनै शैक्षिक संस्थाहरुसँग पनि सहकार्य गरिरहनुभएको छ कि ?
काठमाडौं इन्जिनियरिङ कलेजको विदेशका धेरै कलेजहरुसँग पनि एमयु गरेको छ । केईसीबाट पास आउट भएका हाम्रा विद्यार्थीहरुले विदेशका राम्रा र ख्यातिप्राप्त विश्वविद्यालयमा माष्टर्स र पीएचडी गरिरहेका छन् ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया