समाचार
पर्यटकले भित्र्याउनेभन्दा नेपाली विद्यार्थी विदेश पढ्न लिने रकम बढी : सांसद थापा

काठमाडौं—नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पर्यटकहरुमार्फत भित्रिने वैदेशिक मुद्राभन्दा नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि लिने रकम बढीको भएको बताएका छन् । बुधबार संसद बैठकमा बोल्दैं उनले १० लाख पर्यटक आए भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै त्यो भन्दा बढी नेपाली विद्यार्थीले अध्ययन लागि रकम लिएर जाने गरेको बताए ।
‘पर्यटकहरुबाट हुने आम्दानी भन्दा बढी रकम नेपाली विद्यार्थीहरु लिएर गए,’ उनले भने । सांसद थापाले चिकित्सा शिक्षामा भने विदेशमा कम विद्यार्थी गएको बताए । उनले पछिल्लो तीन वर्षमा नर्सिङ अध्ययनका लागि तीन सय विद्यार्थी पनि विदेश नगएको उल्लेख गर्दै अहिले मिथ्यांकहरु प्रस्तुत गरेर आतंक सिर्जना गरिएको दावी गरे ।
अरु विषय पढ्न क्यानडा, अष्ट्रेलिया र युरोपमा थुप्रै विद्यार्थीहरु भने गएको उनको भनाइ । तीमध्ये पनि सबै पढ्न भनेर नगएको बताउँदैं थापाले विदेश जाने ट्रेण्ड पनि बदलिरहेको बताए । ‘हामीले देख्छौं कुनै बेला बढी विद्यार्थी बेलायत जान्थे, जतिबेला बेलायतको इमीग्रेसन अलि खुकुलो थियो । कुनै बेला अष्ट्रेलिया जान्थे, अहिले क्यानडा जान्छन्,’ उनले भने, ‘यो सबै पढ्नका लागि होइन्, यो पनि हामीलाई थाहा छ । यसका अरु पक्षहरु छन् ।’
थापाले तर कतिपय विद्यार्थीहरु पढ्नका लागि पनि गएको बताए । ‘हाम्रो विश्वविद्यालयको कारणले गर्दा गएका छन् । विश्वविद्यालय शिक्षा सुधार ग¥यो भने कतिपयलाई यही रोक्न सकिन्छ,’ उनले भने, त्यो विश्वविद्यालय सुधार गर्नका लागि केही समयपछि यही संसदमा सरकारले उच्च शिक्षा विद्येयक ल्याउँदैछौं, जो अहिले सार्वजनिक भएको छ, त्यसलाई हामी पढी पनि रहेका छौं । त्यो उच्च शिक्षा विधेयकमा यो संसदमा हामीले काम गर्नुपर्नेछ ।’
उनले यसबाहेक हाम्रा विश्वविद्यालयको स्वायत्तता, विविधता र मौलिकता सँगसँगै काम गरेर विश्वबजारका लागि अनुकूल जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय बनाउनुपर्ने धारणा राखे । यो बीचमा त्रिभुवन विश्वविद्यालय रिक्त उपकुलपति पदमा भागबण्डा नगरेर नियुक्त गर्नुपर्ने उनको भनाइ थियो ।
सांसदले आफूले पाएको जिम्मेवारी पूरा गर्दै उच्च शिक्षा विधेयक ठीक ढंगले बनाउनुपर्नेमा उनले जोड दिए । ‘सरकारले मौका पाएको बेला त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयका नेतृत्वहरु भागबण्डा नगरीकन विश्वविद्यालयको नेतृत्वको नियुक्त गर्दाखेरी नै कुनै पनि नागरिकले टिप्पणी गर्न नसक्ने गरीकन बनाउने मौकाबाट चुक्यो भने हाम्रो कुरा कुरामात्र हुन्छन्,’ उनले भने ।
ताजा अपडेट
- मध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोड बजेट स्वीकृत
- काठमाडौं महानगरले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि ल्यायो यस्तो कार्यक्रम
- नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया