समाचार
नीति तथा कार्यक्रममा नयाँ छनकः स्मार्ट विद्यालयदेखि बुट क्याम्प कार्यक्रम संचालनसम्म

काठमाडौं—सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शिक्षातर्फ नयाँ छनक पाइएको छ । मंगलबार संघीय संसदको प्रतिनिधीसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षातर्फ केही नवीन कार्यक्रमहरु समेटिएका छन् ।
युवा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको नेतृत्वमा आउँदाको छनक नीति तथा कार्यक्रममा पनि देखाउन सफल भएकी छन् । जसमा उनले स्मार्ट विद्यालय कार्यक्रमदेखि शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था पूर्ण कार्यन्वयन गर्नेसम्मका विषय समेट्न सफल भएकी छन् ।
नेपालको सार्वजनिक शिक्षामा शिक्षकहरुले गर्ने गरेको राजनीतिका कारण व्यापक प्रभाव परिरहेको बताइएका बेला उनले यसलाई पूर्ण कार्यन्वयनमा लैजाने कुरा नीति तथा कार्यक्रममै समावेस गराएकी हुन् ।
यस्तै, नीति तथा कार्यक्रममा सबै बालबालिकालाई ५ वर्षभित्र आधाभूत शिक्षाको परिधीभित्र समेट्ने महत्वकांक्षी लक्ष्य पनि छ । विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा दिइने, विद्यालय शिक्षालाई प्रविधीमैत्री बनाउने, स्थानीय तहका आधारभूत तहका विद्यार्थीलाई मौलिक उत्पादनमा आधारित खाजा दिने गरी दिवा खाजा कार्यक्रममा परिमार्जन गर्ने नीति तथा कार्यक्रममा छ ।
यस्तै, १२ कक्षासम्म विपन्न छात्रवृत्ति उपलब्ध गराउने, विद्यालयमा साथीबाट सिक्ने र साथीलाई सिकाउने, उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणाली सिकाइने, सामुदायिक विद्यालय करिअर काउन्सिल कार्यक्रम संचालन गर्ने गर्ने नवीन कार्यक्रम पनि सुमनाले नीति तथा कार्यक्रममा पार्न सफल भएकी छन् ।
बुट क्याम्प मोडल कार्यक्रम संचालन गर्ने, तत्काल आवश्यक जनशक्ति उत्पादन गर्ने, नेपालका शैक्षिक संस्थामा पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने, राष्ट्रिय दक्षता मापदण्ड निर्धारण गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम संचालन गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने, शैक्षिक तालिम केन्द्रको क्षमता वृद्धि गर्ने, शिक्षण पेशालाई गुणस्तरीय, आकर्षण बनाइने, शिक्षक पारिश्रमिक मासिक रुपमा उपलब्ध गराउने व्यवस्था गर्नेजस्ता कुरा नीति तथा कार्यक्रममा छन् ।
यसैगरी, शैक्षिक वातावरण र गुणस्तर सुधारका लागि अवकासप्राप्त शिक्षकको ज्ञान, सीप प्रयोग गर्ने, शहीद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा यही वर्ष ३०० शैय्याको अस्पताल र चिकित्सा शिक्षाका कार्यक्रम संचालनमा ल्याइने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही वर्ष एमबीबीएस कार्यक्रम संचालन गर्ने र पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल संचालन गर्ने कुरा पनि सरकारको नीति तथा कार्यक्रममा छ ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया