समाचार
नीति तथा कार्यक्रममा नयाँ छनकः स्मार्ट विद्यालयदेखि बुट क्याम्प कार्यक्रम संचालनसम्म
काठमाडौं—सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शिक्षातर्फ नयाँ छनक पाइएको छ । मंगलबार संघीय संसदको प्रतिनिधीसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षातर्फ केही नवीन कार्यक्रमहरु समेटिएका छन् ।
युवा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको नेतृत्वमा आउँदाको छनक नीति तथा कार्यक्रममा पनि देखाउन सफल भएकी छन् । जसमा उनले स्मार्ट विद्यालय कार्यक्रमदेखि शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था पूर्ण कार्यन्वयन गर्नेसम्मका विषय समेट्न सफल भएकी छन् ।
नेपालको सार्वजनिक शिक्षामा शिक्षकहरुले गर्ने गरेको राजनीतिका कारण व्यापक प्रभाव परिरहेको बताइएका बेला उनले यसलाई पूर्ण कार्यन्वयनमा लैजाने कुरा नीति तथा कार्यक्रममै समावेस गराएकी हुन् ।
यस्तै, नीति तथा कार्यक्रममा सबै बालबालिकालाई ५ वर्षभित्र आधाभूत शिक्षाको परिधीभित्र समेट्ने महत्वकांक्षी लक्ष्य पनि छ । विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा दिइने, विद्यालय शिक्षालाई प्रविधीमैत्री बनाउने, स्थानीय तहका आधारभूत तहका विद्यार्थीलाई मौलिक उत्पादनमा आधारित खाजा दिने गरी दिवा खाजा कार्यक्रममा परिमार्जन गर्ने नीति तथा कार्यक्रममा छ ।
यस्तै, १२ कक्षासम्म विपन्न छात्रवृत्ति उपलब्ध गराउने, विद्यालयमा साथीबाट सिक्ने र साथीलाई सिकाउने, उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणाली सिकाइने, सामुदायिक विद्यालय करिअर काउन्सिल कार्यक्रम संचालन गर्ने गर्ने नवीन कार्यक्रम पनि सुमनाले नीति तथा कार्यक्रममा पार्न सफल भएकी छन् ।
बुट क्याम्प मोडल कार्यक्रम संचालन गर्ने, तत्काल आवश्यक जनशक्ति उत्पादन गर्ने, नेपालका शैक्षिक संस्थामा पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने, राष्ट्रिय दक्षता मापदण्ड निर्धारण गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम संचालन गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने, शैक्षिक तालिम केन्द्रको क्षमता वृद्धि गर्ने, शिक्षण पेशालाई गुणस्तरीय, आकर्षण बनाइने, शिक्षक पारिश्रमिक मासिक रुपमा उपलब्ध गराउने व्यवस्था गर्नेजस्ता कुरा नीति तथा कार्यक्रममा छन् ।
यसैगरी, शैक्षिक वातावरण र गुणस्तर सुधारका लागि अवकासप्राप्त शिक्षकको ज्ञान, सीप प्रयोग गर्ने, शहीद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा यही वर्ष ३०० शैय्याको अस्पताल र चिकित्सा शिक्षाका कार्यक्रम संचालनमा ल्याइने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही वर्ष एमबीबीएस कार्यक्रम संचालन गर्ने र पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल संचालन गर्ने कुरा पनि सरकारको नीति तथा कार्यक्रममा छ ।

ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया