कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीले प्रतिष्ठानको शैक्षिक र प्रशासनिक भवनमा ताला लगाएका छन् । स्तरवृद्दिको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले तालाबन्दी गरेका हुन् ।
कर्मचारीले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनमा तालाबन्दी गरेपछि विद्यार्थीको नियमित पठन पाठन प्रभावित भएको छ । पदाधिकारीको कार्यकक्ष पनि तालाबन्दी हुँदा काम ठप्प भएको छ ।
प्रतिष्ठानमा करिब ४ सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०/७५ जना मात्रै स्थायी छन् । भने ठुलो संख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रिया अघि नबढाइनु, अदालतले समेत आन्दोलनरत कर्मचारीको पक्षमा समेत फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई संबोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।
२०८० भदौ २१ गते कर्मचारीहरुले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए, जसमा असोज ८ गते बढुवा पत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीहरुको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् ।
यस विषयमा अदालतले २०८१ भदौ २६ गते कर्मचारीहरुको पक्षमा निर्णय सुनाएपछि पनि कार्यान्वयन नभएको आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले बताएका छन् ।
अदालतको फैसलादेखि सिनेट बैठकले समेत आन्दोलनरत कर्मचारीको माग संबोधनलाई अघि बढाउन निर्णय गरेपनि गत कात्तिक २७ गते पुनः वार्ता भएको र २८ जनाको स्तरवृद्धि गर्ने निर्णय सहमति भएकोमा कात्तिक २८ गतेको बैठकले निर्णय अनुमोदन गर्न आनाकाने गरेपछि प्रतिष्ठानमा तालाबन्दी गर्न बाध्य भएको कर्मचारीहरुले बताएका छन् । आफ्ना माग सम्बोधन नभए सम्म आगामी मंसिर ५ गते सम्म कर्मचारीले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका छन् ।
४८ घण्टाभित्र निर्णय कार्यान्वयन नभएमा अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । आफ्ना माग संबोधन र निर्णय कार्यान्वयन गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया