समाचार
नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
काठमाडौं—ललितपुरको पुल्चोकमा नेपालमा उच्च शिक्षामा व्यवसायिक शिक्षाको स्वरूप परिवर्तन गर्ने लक्ष्यका इम्बार्क कलेज सञ्चालनमा आएको छ । अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय साझेदारी र उद्योग–केन्द्रित पाठ्यक्रममार्फत कलेजले विद्यार्थीलाई भविष्यका व्यवसायिक नेता र नवप्रवर्तकको रूपमा तयार पार्न थालेको जनाएको छ ।
इम्बार्क कलेजले परम्परागत शिक्षण पद्धतिलाई चुनौती दिँदै व्यवहारिक सिकाइ, उद्यमशीलता, अनुसन्धान र सामाजिक उत्तरदायित्वमा आधारित शिक्षालाई प्राथमिकता दिएको कलेजले जनाएको छ । बेलायतको लण्डनस्थित रोहेम्पटन विश्वविद्यालयसँगको सहकार्यमा कलेजले बिएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रमहरू नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तर डिग्री प्रदान गर्नेछ।
‘पढाइसँगै उद्योगको अनुभव,इम्बार्क कलेजको व्यवसायिक कार्यक्रमहरूले सिद्धान्त र व्यवहारलाई एकसाथ जोड्छन्,’ कलेजले भनेको छ, ‘विद्यार्थीहरू केवल कक्षा भित्रै सीमित नभई उद्योग भ्रमण, कार्यशाला, इन्टर्नसिप र प्रोजेक्ट कार्यमा सक्रिय सहभागी हुन्छन्। कलेजको उद्योग–सम्बद्ध पाठ्यक्रमले विद्यार्थीलाई रोजगारीका लागि मात्र होइन, व्यवसाय सिर्जना गर्ने क्षमता विकासमा पनि सहयोग गर्दछ।’
कलेजकाअनुसार करियर विकास केन्द्रमार्फत विद्यार्थीहरूलाई बायोडाटा लेखन, अन्तर्वार्ता तयारी र रोजगार अवसरका लागि तालिम दिने व्यवस्था गरिएको छ। यसले स्नातक हुनुअघि नै उनीहरूलाई उद्योगसँग प्रत्यक्ष सम्पर्कमा ल्याउनेछ।
उद्यमशीलता र नवप्रवर्तनमा जोड दिदैं इम्बार्क कलेजको उद्यमशीलता प्रवर्द्धन केन्द्रले विद्यार्थीका नविन व्यवसायिक विचारलाई मूर्तरूप दिन सहयोग पुर्याउने उल्लेख छ। व्यापार योजना निर्माणदेखि लगानी खोज र प्रोटोटाइप परीक्षणसम्मका सेवाहरू कलेजले प्रदान गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई रोजगार खोज्नेभन्दा पनि रोजगार सिर्जना गर्ने उद्यमी बनाउने उद्देश्य राखेको छ।
विद्यार्थी–केन्द्रित शिक्षण पद्धति,कलेजको अर्को विशेषता भनेको विद्यार्थी–केन्द्रित सिकाइ प्रणाली हो। व्यक्तिगत शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सहयोग, र समावेशी सिकाइ वातावरणको माध्यमबाट कलेजले विद्यार्थीको सम्पूर्ण विकासमा ध्यान दिएको छ। डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, प्रयोगशाला र सहकार्यका लागि खुला स्थानहरू कलेजको शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउँछन्।
अनुसन्धान र प्रकाशनमा अग्रसरता,इम्बार्क अनुसन्धान सञ्जाल केन्द्रमार्फत कलेजले अनुसन्धान र प्रकाशनको क्षेत्रमा पनि अग्रसरता देखाएको छ। उद्योगसँगको सहकार्यमा स्थानीय व्यवसायिक केस–स्टडी र नीति–निर्माणमा उपयोगी अनुसन्धान कार्य गरिँदै आएको छ, जसले विद्यार्थीलाई अनुसन्धानमा सहभागी हुन प्रोत्साहन दिन्छ।
अन्तर्राष्ट्रिय पहुँच, स्थानीय प्रभाव, इम्बार्क कलेजले छोटो समयमै नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा लिने, व्यवहारिक अनुभव बटुल्ने र सामाजिक परिवर्तनमा भूमिका खेल्ने संस्थाको रूपमा आफ्नो पहिचान बनाएको छ। स्नातक विद्यार्थीहरूलाई केवल डिग्री नभई नेतृत्व, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका गुणहरूसँग लैजाने उद्देश्य राखिएको छ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया