समाचार
अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
वाशिङ्टन—अमेरिकी विदेश मन्त्रालयले यो वर्ष मात्रै ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज गरेको छ, मन्त्रालयका एक अधिकारीले सोमबार जानकारी दिएका छन्। ट्रम्प प्रशासनले कानुन तोड्ने केही अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि कठोर कारबाही गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।
अधिकारीकाअनुसार भिसा खारेज गरिएकामध्ये करिब ४,००० भिसा कानुन तोडेकै कारण खारेज गरिएका हुन्। यी कानुनी उल्लङ्घनमध्ये ‘अधिकांश’ घटना आक्रमण, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, चोरी र आतंकवादलाई समर्थन सम्बन्धी आरोपहरू रहेका छन्।
करिब २०० देखि ३०० भिसा आतंकवाद सम्बन्धी गतिविधि का आधारमा, इमिग्रेशन एण्ड नेसनालिटी एक्टअनुसार खारेज गरिएका छन्।
फक्स न्युजले पहिलोपटक रिपोर्ट गरेको हजारौँ भिसा खारेजी ट्रम्प प्रशासनको विश्वविद्यालय र विद्यार्थी भिसासम्बन्धी कठोर नीतिसँग जोडिएको छ। प्रशासनले विशेष गरी गाजामा युद्धविरुद्धको प्रदर्शनमा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यहूदीविरोधी र आतंकवाद समर्थन गर्ने भनेर आरोप लगाउँदै कारबाही गरेको छ।
उच्च-प्रोफाइल केसमा, टफ्ट्स विश्वविद्यालयकी पीएचडी विद्यार्थी रुमेइसा ओजतुर्कको भिसा मार्चमा रद्द गरिएको थियो। मुखमा मास्क लगाएका संघीय एजेन्टहरूले उनलाई पक्रेर आइसको हिरासतमा राखेका थिए। मे महिनामा एक न्यायाधीशले उनको रिहाइको आदेश दिएका थिए।
जुनमा, विदेश मन्त्रालयले आफ्ना दूतावास र कन्सुलेटहरूलाई नयाँ निर्देशन जारी गर्दै विद्यार्थी भिसा आवेदकहरूको अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा मूलभूत सिद्धान्तप्रति होस्टाइल एटिच्युड (वैमनस्यपूर्ण दृष्टिकोण) रहेको कि छैन भनेर जाँच गर्न भन्यो।
अब भिसा आवेदकहरूले आफ्ना सोसल मिडिया प्रोफाइलहरू सार्वजनिक गर्नुपर्नेछ। यदि अनलाइन गतिविधि लुकाउने वा सीमित गर्ने प्रयास देखियो भने त्यसलाई संदेहास्पद ठहरिने मन्त्रालयको कूटनीतिक सन्देशमा उल्लेख गरिएको छ।
विदेशमन्त्री मार्को रुबियोले भिसा खारेजीको नीतिको कडा बचाउ गर्दै भने, ‘विद्यार्थी भिसा संवैधानिक अधिकार होइन। यो त हामी दिने वा नदिने निर्णय गर्ने कुरा हो। यदि मैले पहिले नै तपाईंको बारेमा थाहा पाएको भए भिसा नदिने थिएँ भने, पछि थाहा पाएपछि भिसा फिर्ता किन नगरू?’
विदेश मन्त्रालयका अनुसार २०२४ को वित्तीय वर्षमा करिब ४ लाख विद्यार्थी भिसा (F1 Visa) जारी गरिएको थियो। तर, यो वर्ष नयाँ अपोइन्टमेन्ट निलम्बन र नयाँ जाँच प्रक्रियाका कारण धेरै कम जारी हुने अनुमान गरिएको छ।
एसोसिएसन अफ इन्टरनेशनल एजुकेटर्स (एनएएफएसए) र जेवी इन्टरनेशनलका अनुसार नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा ३०–४०% गिरावट आउन सक्छ, जसले यस शरद ऋतुमा कूल भर्नामा १५% कमी ल्याउनेछ।
यसरी भएमा, स्थानीय अर्थतन्त्रले ७ अर्ब डलरको खर्च र ६०,००० भन्दा बढी रोजगारी गुमाउने खतरा छ।
एनएएफएसएले चेतावनी दियो, ‘यदि जुलाई र अगस्टमा भिसा जारीमा उल्लेखनीय सुधार भएन भने, यस शरद ऋतुमा १.५ लाखसम्म कम विद्यार्थी अमेरिकामा पुग्न सक्छन्।’
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया