Techie IT
  • शुक्रबार, चैत्र १६, २०८० / Friday, March 29, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठइन्टरनेशनलम के-के सिकेर आउँ अस्ट्रेलिया ?

म के-के सिकेर आउँ अस्ट्रेलिया ?


आजकाल धेरै विधार्थीहरुको मुख्य गन्तब्य हो-अस्ट्रेलिया । १२ कक्षाको नतिजा सँगसँगै शुरू हुन्छ कन्सल्ट्यान्सी धाउने खेती । कुन कन्सल्ट्यान्सी ठीक र सहि सुचना सम्प्रेसण गर्नै बुझ्नै लाग्छ कैयौ हप्ता ।

साथीले कहाँबाट एप्लाई साथीले कहाँबाट एप्लाई गर्यो त्यसैबाट गर्छन् अक्सर धेरैले । सहि सुचना दिनेले दिन्छन् धेरैले अतिरन्जित कुरा बनाएर मख्ख पार्छन् ताकि उसैको कन्सल्ट्यान्सीबाट भिषा प्रक्रिया अगाडी बढाअोस । सहि सुचना दिनु कन्सल्ट्यान्सीको कर्तव्य हो किनकी भिसा लाग्नु मात्र ठुलो कुरा होइन । भिषा लागेर र उढे पछि विरानो ठाउँको यथार्थ वस्तु स्थिती, रहनसहन, काम,कलेजको बारे केही चाँही जानकारी दिनै पर्छ। त्यो उनीहरुको धर्म हो।

सबैलाई चासो हुन्छ गएपछि काम कस्तो गर्ने अझ भनौ के काम गर्ने, कस्तो काम पाईन्छ । घण्टाको हिसाबले तलब बुझ्ने हो कि । नेपालकै जस्तो महिनावारी पो हुन्छ कि।कामका प्रकार कस्ता हुन्छन् । साथीहरुले कस्तो काम गर्दैछन् । कतै गफ पो लगाएका हुन् कि । काम कत्तिको पाइन्छ । कामको लागि त्यहाँ भएका साथी अनि अग्रजबाट सहयोग मिल्लाकी नमिल्ला। यस्ता यावत कुराहरु मनमा कौतुहुलता भई रहन्छ।

मुख्य कुरो परि आएको खण्डमा जे जस्तो काम पनि गर्न सक्छु भन्ने मानसिकता बनाएर आउनु होस्।अल्छीपना र लोसेपनलाई एयरपोर्टमै छोड्नु होस् । किनकी अस्ट्रेलियामा काम पाउन फुर्तिलो र जोशिलो हुनैपर्छ । भाषामा पनि सुधार गर्नुहोस् ।अङ्ग्रेजी बोल्ने वानी तत्काल नै बनाउनुहोस्। काम भनेको प्रायले गर्ने किचन ह्यान्ड, वेटर वा वेट्रेस, हाउसकिपीङ, अफिस क्लिनीङ अनि भेजीटेबल पसलहरुमा नै हो। सुपरमार्केटमा क्यासेरिङको काम पनि पाउन सकिन्छ । फ्रेनचाइज फास्टफुडहरु म्याकडोनाल्ड,हङ्ग्रीज्याक्स लगायत केएफसीमा पनि काम पाउन सकिन्छ।

अब सीपअनुसारको काम पनि नपाइने भन्ने हुन्न तर तुरुन्तै पाउन निकै गार्हो छ। कफि बनाउने तालिम गर्नुहोस् तर नेपालमा सिकेको भन्दा फरक हुन्छ यहाँको कफी बनाउने तर कमसेकम् केही भएपनि ज्ञान भएको राम्रो हुन्छ । नेपालमा सिकेको बरिस्टाको तालीमले केही हदसम्म तपाईलाई क्याफेमा काम गर्ने आत्मबल चाँहि बढ्छ।अनि विस्तारै सिक्दै गएमा एकदिन राम्रो बरिस्टा बन्न सकिन्छ र तपाइको पैसापनि राम्रो हुन्छ।

अर्को मुख्य कुरा गाडी कुदाउन सिक्नु होस्। काम पाउन गाडीले मुख्य भूमिका खेल्छ । हुन त नेपालमा मेनुयल गाडी हुन्छ तर यहाँ प्राय अटो गाडीहरु हुन्छन् । यहाँ गाडी कुदाउन खासै गाह्रो हुँदैन तर यहाँको ट्राफिक नियम जान्न केही समय लाग्छ । त्यो पनि बिस्तारै जानिन्छ । आउने बित्तिकै गाडी किन्न सकिन्न र त्यो सम्भव पनि हुन्न तर केही महिना पछि गाडी किन्न खासै गाह्रो हुँदैन। $२००० माथी राम्रै कन्डिसनका गाडीहरु पाइन्छ र गाडी भयो भने काम पाउन सजिलो हुन्छ र आफ्नो अनकुलको काम गर्न सकिन्छ।

क्लिनिङको काम आफै बिस्तारै सिकिन्छ त्यस्तो तालिम नै लिनपर्छ भन्ने हुँदैन । हाउसकिपिङ पनि गर्दै गएपछि सिकिन्छ तर फुर्तिलो चाँहि हुनुपर्छ । त्यहि भएर आफुलाई फुर्तिलो बनाउने अभ्यास बनाउनु राम्रो हुन्छ।

अरुले यस्तो छ उस्तो छ भनेको सुनेर सपनाको महल बुन्नुभन्दा आफै आएपछि वास्तविकता थाहा पाइन्छ । छ्या त्यस्तो काम भन्ने मानसिकतालाई उतै विराजमान गरेर आउँदा राम्रो ।अब विस्तारै वातावरण अनकुल समय अनुकूल आफूले कस्तो काम गर्ने नितान्त आफैमा भर पर्छ । राम्रो काम गर्नलाई अनुभव मुख्य हुन्छ । नेपालको अनुभवले थोरबहुत काम लाग्न सक्छ तर एक्कै चोटी आफैले भनेको काम पाउन धेरै नै मुस्किल हुन्छ। आफ्नो इच्छा अनुसारको काम भनेको समयमा नपाए पनि मेहनेत र लगनशील भएर रिक्रुटमेन्ट कम्पनीहरुसँग तालमेल बनाई राखे र आफू अपडेट भई राखे राम्रो काम पनि पाइन्छ । तर यत्ति हो विधार्थी भिसामा रहेको बेला फुलटाइम काम गर्न पाइन्न र धेरै कम्पनीले काम चाँहि दिदैन।

अझ सकिन्छ भने त प्लम्बर यानिकी धाराको काम, इलेक्ट्रीक सम्बन्धी काम, मिस्त्रीको काम सिकेर आउनु होस् । किनकी पैसा बढी त्यसैमा छ । तर नेपालमा सिकेकोलाई मान्यता चाहिँ दिदैन। त्यसको लागि यहाँ पनि सोही अनुसारको कोर्ष गर्न पर्छ अनि बल्ल काम गर्न पाइन्छ।

गफ लाएर केही हुन्न यथार्थ यहि हो । निन्द्रालाई केही समय बिर्सनु होस् ।अलार्मको इसारामा उठ्ने बानी बनाउनुहोस् । थकाइलाई केही समय बिर्सनुहोस् ।मेहनेत र दुःख गरे जीवनलाई सहज बनाएर लान कुनै गार्हो छैन । यहि हो यहाँको वास्तविकता।



तपाईको प्रतिक्रिया