Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारत्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

समाचार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी


काठमाडौं—त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपकराज जोशी निर्वाचित भएका छन् ।

उनी आफ्ना निटकतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

सोमबार भएको निर्वाचनमा जोशीले ७८९ मत प्राप्त गरेका थिए भने भट्टले ७८१ मत ल्याएका थिए।

अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सबै सदस्य जित्न सफल भएको छ भने अध्यक्षमा ९ मतले दोस्रो भएको छ । सचिव, कोषाध्यक्ष र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी बनेका हुन् ।

सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा निर्वाचित बनेका छन् ।

६ हजार १४६ मतदाता रहेको त्रिविमा तीन हजार ११८ मत खसेको थियो।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको