Techie IT
  • मंगलबार, असार ३, २०८२ / Tuesday, June 17, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारत्रिभुवन विश्वविद्यालय उपकुलपति डा. बरालको राजीनामा स्वीकृत

समाचार

त्रिभुवन विश्वविद्यालय उपकुलपति डा. बरालको राजीनामा स्वीकृत


काठमाडौं—त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

११ चैतमा स्वास्थ्यको कारण देखाउँदैं डा. बरालले पदबाट राजीनामा दिएका थिए । यसबीचका त्रिविका रेक्टर रजिष्ट्रार पोखरा पुगेर डा. बराललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले त्यसमा रुचि नदेखाएपछि बिहीबार प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले १० फागुन २०८० मा उनलाई त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए । तर, त्रिविका अस्थायी र करारका कर्मचारीलाई स्थायी प्रक्रियामा लैजान दबाब दिएपछि उपकुलपति बराले राजीनामा दिएको बताइएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको