Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारबोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने

समाचार

बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने


काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतकाअनुसार ११ बैशाखदेखि हुने कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि बोर्ड अध्यक्ष शर्मा मंगलबार साँझ बालुवाटार पुगेका हुन् ।

‘उहाँ आइसक्नुभएको छ । प्रधानमन्त्रीज्यू अर्को बैठकमा हुनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यो बैठक सकिएपछि उहाँहरुबीच छलफल होला ।’

२२ दिनदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु राजधानीमा हड्तालमा छन् । सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म स्कुल नफर्किने अडान शिक्षकहरुको छ ।

शिक्षकहरुकै हड्तालकाबीच मंगलबार विहान बसेको बोर्डको बैठकले भने ११ बैशाखदेखि नै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको थियो । बोर्डका पदाधिकारीहरुबीच शिक्षकहरु परीक्षाका लागि तयार नभएर कर्मचारीबाट परीक्षा गर्ने विकल्पमा यो निर्णय गरेको थियो ।

तर, यसमा पनि प्राविधिक जटिलता देखिने भएकाले परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री ओलीको निर्णय नै अन्तिम हुनेछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको