Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारआजबाट कक्षा १२ को परीक्षा सुरु

आजबाट कक्षा १२ को परीक्षा सुरु


काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजबाट देशभर कक्षा १२ को परीक्षा सुरु गरेको हो ।

आज अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ ।

वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षकहरुको शैक्षिक हड्तालका कारण आजका लागि बोर्डले सारेको थियो । गत बुधबार शिक्षक र सरकारबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन स्थगित गरेसँगै परीक्षा सञ्चालन गर्ने वातावरण सिर्जना भएको थियो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन् ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको