कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न

काठमाडौं – कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र कार्डियाक सोसाइटी अफ नेपालको सहकार्यमा समाजले पहिलो नर्सिङ सम्मेलन सम्पन्न गरेको हो ।
नेपाली नर्सहरुलाई सशक्त, आत्मविश्वासी र संगठित गर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको समाजकी अध्यक्ष जमुना ताम्राकार सायमीले बताइन् ।
गंगालालको सभाहलमा भएको सम्मेलनमा सयौं नर्सहरुको सहभागिता रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा कार्डियोभास्कुलरमा काम गर्ने नर्सहरु संगठित भएर अघि बढेकोमा खुसी व्यक्त गरे ।
साथै, मन्त्रालयले सिमित स्रोत साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘स्वास्थ्य जनशक्तिलाई विशिष्टिकृत मानिएको छ तर, सिमित स्रोत साधनका कारण हामीसँग पर्याप्त जनशक्ति छैनन्,’ उनले भने, ‘तैपनि हामीसँग भएको जनशक्तिलाई तालिम होस् या अन्य उपायबाट सशक्तिकरण गरिरहेका छौँ ।’
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मटु उपचारको सेवा सातवटै प्रदेशमा विस्तार गर्ने गरी सरकार अघि बढाएको बताए । ‘हामीले चारवटा प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गरिसकेका छौँ,’ उनी भन्दै थिए, ‘अन्य प्रदेशमा पनि यथाशिघ्र सेवा सुरुवात गर्दैछौँ ।’
यसैगरी चाँदबाघ स्कुल कब्जा गरेको जग्गा अब गंगालाललाई नै दिने प्रक्रियासमेत अघि बढेको उनले बताए । ‘अब छिट्टै त्यो जग्गा गंगालालको नाममा आउनेछ,’ उनले भने ।
गंगालालका संस्थापक अध्यक्ष एवम् मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले सम्मेलनको सफलताको शुभकामना दिए । कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई सशक्तिकरण नगरी अस्पतालको सेवा सुदृढ नहुने बताए । साथै, यो सम्मेलन सिर्जनात्मक भएको उनको धारणा थियो ।
गंगालालका कार्यकारी निर्देशक डा. रवी मल्लले पनि सम्मेलनको सफलताको शुभकामना दिँदै गंगालालमा कार्डियाक केयर र थ्रोम्बोलाइटिङ कसरी गर्ने भन्ने बारेमा नर्सहरुलाई तालिम दिइरहेको बताए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणी गजुरेलल अस्पतालमा नर्सबिना बिरामीलाई निको पार्न नसकिने बताए । ‘बिरामीलाई निको पार्ने भनेको नर्सले हो । त्यसैले नर्सिङ सेवालाई टाढा राख्न मिल्दैन,’ उनले भने, ‘बिरामीको उपचारमा ९० प्रतिशत भुमिका नर्सहरुको हुन्छ ।’
सम्मेलनमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसी, नेपाल नर्सिङ संघकी महासचिव डा. देवकाकुमारी आचार्य, कार्डियाक सोसाइटी अफ नेपालका महासचिव एवम् मुटुरोग विशेषज्ञ डा. दिपङ्कर प्रजापतिले पनि शुभकामना दिएका थिए ।
सम्मेलनमा गंगालालकी नर्सिङ निर्देशक प्रतीबदन डंगोलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिएकी थिइन् ।
ताजा अपडेट
- कक्षा ११ का विद्यार्थीलाई मनास्लु कलेजको अभिमुखीकरण, झण्डै एक हजार विद्यार्थीले रोजे मनास्लु
- ‘न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
- रिलायन्स इन्टरनेशनल एकेडेमीद्वारा २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको सूची, को विद्यार्थी कुन कलेजमा परे ? (नामावलीसहित)
- ‘एसईईको जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने सिटिइभिटीको निर्णय वैज्ञानिक र व्यावहारिक छ’’
- त्रिविद्वारा साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्रको भर्ना सुरु गर्न क्याम्पसहरुलाई निर्देशन
- २१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया