नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान
काठमाडौं– पत्रकारिताका माध्यमबाट रक्तदान कार्यक्रम तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै ब्लड डोनर्स एसोसिएसन नेपाल )ब्लोदान) ले नेपाली हेल्थ डटकमका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले सम्पादक न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
स्वयंसेवी रक्तदान अभियानमा क्रियाशील रक्तदान गर्ने संघसंस्थाहरुको छाता संगठन ब्लोदानले विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा विभिन्न जनचेतना एवं उत्प्रेरणामुलक कार्यक्रम समेत गर्दै आईरहेको छ ।
न्यौपानेलाई सम्मान गर्नु अघि बोल्दै एसोसिएसनका अध्यक्ष श्रेष्ठले रगतको अभावमा कुनै पनि बिरामीको अकाल मृत्यु नहोस भन्ने उदेश्यका साथ स्थापित संस्थाले रक्तदान तथा स्वास्थ्य अभियानमा क्रियाशील विभिन्न क्षेत्रसंग जोडिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै आईरहेको बताए । उनले विश्व रक्तदाता दिवसको अवसरमा सम्मान गर्ने कार्यक्रम रहे पनि त्यसबेला न्यौपाने अनुपस्थित भएपछि आज आयोजित केन्द्रीय समितिको बैठककै अवसरमा सम्छिप्त कार्यक्रम गरि सम्मान गरिएको स्पष्ट पारे ।
विना शोधभर्ना बिरामीलाई रगत उलव्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔँ भन्ने आव्हानका साथ ब्लोदान विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा क्रियाशील रहेको भन्दै उनले आम बिरामीलाई सहज रुपमा निशुल्क रगत उपलव्ध गराउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रधानसम्पादक न्यौपानेले यस्ता खालका सम्मानबाट आफूलाई स्वास्थ्यका साथै रक्तदानका क्षेत्रमा क्रियाशीलता हुन थप हौसला मिलेको बताए ।
ब्लोदानका सचिव विष्णुराज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ब्लोलानका उपाध्यक्ष केशव महर्जनका साथै अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया