समाचार
कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत
काठमाडौं—कृषि तथा वन विज्ञान विश्वविद्यालय एक अर्ब ६८ करोड ९३ लाख रूपैयाँको बजेट स्वीकृत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको विश्वविद्यालयको १४ औ सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पारित गरेको हो ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्करबहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृत गरेको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तरीय सुनिश्चितताका साथै बिजनेश इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए ।
कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय÷प्रतिष्ठानहरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि विश्वविद्यालयको सभा राखिएको हो ।
मंगलबारमात्रै मात्र चार विश्वविद्यालय–प्रतिष्ठानहरुको सिनेट सम्पन्न भएको छ भने बुधबारका लागि बाँकी दुई विश्वविद्यालयको बैठक तय भएको छ ।
ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया