Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारपूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

समाचार

पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

एमबीबीएस कार्यक्रम सञ्चालन प्राथमिकतामा


काठमाडौं—पूर्वाञ्चल विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड रुपैयाँ बढीको बजेट स्वीकृत गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको विश्वविद्यालयको ४१ औं सिनेट बैठकले १ अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँ बजेट स्वीकृत गरेको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।

यस्तै, उपकुलपति प्रा. डा. विजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री एवं कुुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको